arrow

कोइरालालाई समर्थन जनाउदै सदभावनाका पूर्व केन्द्रीय सदस्य सहित १९ कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
shekhar.jpg

मोरङ । नेपाल सदभावना पार्टीका पूर्व केन्द्रीय सदस्य साहदत हुँसेनको नेतृत्वमा १९ जना कार्यकर्ता  कांग्रेसमा प्रवेश गरेका छन । मोरङ क्षेत्र न ६ का प्रतिनिधि सभा उम्मेदवार डा शेखर कोइरालाले सोमवार उनीहरुलाई अविर लगाएर पार्टीमा प्रवेश गराए  ।  

मोरङ क्षेत्र न ६ को वुढीगंगा गाउपालिका बस्ने हुँसेन सदभावना पार्टीका मोरङ जिल्ला सदस्य , क्षेत्रीय सदस्य हुँदै भैरवहा महाधिवेशनवाट निर्वाचत केन्द्रीय सदस्य भएका थिए  । वुढीगंगामा आयोजित विशेष समारोहमा उनी सहित मोहमद मुस्तफा , हाजि साहेव , फयिम मियाँ , मो. मन्जुत , खलिल मियाँ , सद्धाम मियाँ , छोटा अल्लाउदिन , सैफुल मियाँ  अजाद मियाँ  , मोहमद खलिल , मोहमद रहमान मियाँ , दिनेश मोची , मोहमद तैमुद्धिन , मोहमद जासिन , मोहमद निकाहिल , मोहमद सैहिमुद्धिन , मोहमद सरिफ , मोहमद आसिम कांग्रेसमा प्रवेश गरेका हुन ।

 पूर्व केन्द्रीय सदस्य हुँसेनले सदभावना पार्टी टुक्रा -टुक्रा भइ विभाजन भएको र आफना माग सम्वोधन नभएपछि कांग्रेसमा प्रवेश गरेको बताए । डा कोइरालाल उम्मेदवार खडा भएपछि मोरङ ६ मा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको लहर चलेको छ ।

कोइरालाको उम्मेदवारीलाई समर्थन गर्दै माओवादी   मोरङ जिल्ला कमिटि सदस्य तथा ऋषिदेव समाजका केन्द्रीय अध्यक्ष गुरुचरण ऋषिदेव सोमवार कांग्रेसमा प्रवेश गरेका छन ।  प्रतिनिधि सभाको उम्मेदवार बनेका कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई विराटनगरका सुकुम्वासी र मुस्लिम समुदायहरुले   पूर्ण सहयोग र  साथ दिने वचन दिएपछि उनको पक्षमा जनलहर बढदै गएको छ ।

 यसरी विभिन्न पार्टी परित्याग गरि १ हजार भन्दा बढी कांग्रेसमा प्रवेश गरिसकेका छन ।  सुकुम्वासी र मुस्लिम वाहुल्य  रहेको  मोरङ ६ का  मतदाताले डा कोइरालालाई भावी प्रधानमन्त्री रुपमा उभ्यिाएर  कम्यूनिष्ठ गठबन्धनलाई परास्त गर्ने दावी सहित कांग्रेस प्रवेश गर्नेहरुको जनलहर बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ