arrow

टोरन्टो ओपनमा यानकुमारीले जितिन् स्वर्णपदक 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
12.jpg

क्यानडा । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । 

क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । त्यसअघि बाइ पाउँदै उनी फाइनलमा प्रवेश गरेकी थिइन् ।

अन्य २ नेपाली राष्ट्रिय महिला खेलाडी भने पदकविहिन रहे । 

टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए । 

महिला ४९ केजीमा रेजिना क्यानाडा तथा ६२ केजीमुनि ज्ञानी क्युबाका खेलाडीसँग पछि परे ।  च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

क्यानाडामै बस्दै आएका आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्ण विजेता ग्रान्ड मास्टर राजकुमार राईले नेपाल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ