arrow

दानसाँगुमा ट्याक्टर दुर्घटना, ४ म्यादी प्रहरी गम्भिर घाईते 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
accident-final.jpeg

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ दानुसाँगुमा ट्याक्टर दुर्घटनामा परेको छ । 

सदरमुकाम मार्तडीबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि खटिएर गएका ट्याक्टरमा सवार ४ जना म्यादी प्रहरी घाईते भएका छन् । 

सोमबार साँझ ५ बजेतिर से १ त ४४६६ नम्बरको ट्याक्टर सडकमा पल्टिएको थियो । 

घाईते हुनेमा गौमुल गाउँपालिका वडा नं ४ घर भएकी म्यादी प्रहरी जवान कागती रोकाया, जमुना रोकाया त्यस्तै गौमुल गाउँपालिका वडा नं ६ का विशाल रोकाया र निराजन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरी ओलीले बताए ।

ट्याक्टर के कति कारणले दुर्घटनामा परेको त्यो भने जानकारीमा आएको छैन । दुर्घटनामा घाईते भएकाहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । 

घाईतेहरुको अवस्था गम्भिर रहेको प्रहरी भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ