arrow

राहुल गान्धी काँग्रेस आईको नयाँ अध्यक्ष 

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
rahul-gandhi1.jpg

नयाँदिल्ली । भारतीय काँग्रेस आईमा राहुल गान्धी नयाँ अध्यक्ष बन्ने भएका छन् । सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको काँग्रेस आइको कार्यसमिति बैठकमा राहुल गान्धीलाई अध्यक्ष बनाउने संकल्प प्रस्ताव पारित भएको हो । 

सो संकल्प अनुसार वर्तमान उपाध्यक्ष राहुल गान्धी अध्यक्ष हुनेछन् । योसंगै निर्वाचनको मिति पनि सार्वजनिक भएको छ । मिति अनुसार आगामी महिनाको डिसेम्बर १६ तारिखमा मतदान हुनेछ । त्यसैगरी १९ डिसेम्बरमा यसको नतिजा सार्वजनिक गरिने छ । 

सोनिया गान्धी सन् १९९८ देखि काँग्रेस आईको अध्यक्षमा रहँदै आएकी छिन् । 

सोमबार भएको बैठकमा आमा सोनिया र छोरा राहुलसंगै मनमोहन सिंह, गुलाम नबी आजाद, पी चिदम्बरम र सुशील कुमार सिन्देजस्ता सिनियर नेताहरु सामेल भएका थिए । 
समाचारमा बताइए अनुसार १ डिसेम्बरमा चुनावी सूचना जारी हुनेछ । ४ डिसेम्बर मनोनयन दर्ता हुनेछ । १६ डिसेम्बरमा मतदान हुनेछ र १९ तारिखमा नतिजा घोषणा हुनेछ । 

एक जनाको मात्र मनोनयन दर्ता भए ८ डिसेम्बरमै स्वतः नाम घोषित गरिने छ । 

यसै दिन नै राहुलमात्र उम्मेदवार भई काँग्रेस आईका नयाँ अध्यक्ष चुनिने सम्भावना छ । 

यसैबीच, राहुल गान्धीले जिम्मेवारी लिनका लागि तयार भएको बताउँदै यो समय भने गुजरात चुनावमा ध्यान केन्द्रीत गर्ने समय भएको जनाएका छन् । गुजरातमा काँग्रेस आई २२ वर्षदेखि सत्ताबाहिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ