arrow

मञ्जेशलार्इ मत माग्दै गगनले भने शहिदको सम्मानका लागि दिनुस तपाइको मत

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
gagan-baglung.jpg

बागलुङ। नेपाली काँग्रेसका नेता गगन कुमार थापाले बामपन्थीहरूको एकताले देशनै संकटमा पर्ने लक्षण देखिएको बताएका छन्। 

नेपाली काँग्रेस क्षेत्र नम्बर २ बागलुङले जिल्लाको गलकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले  कम्युनिष्टहरुको एकताले देश दुर्घटनामा पर्ने खतरा बढेको बताएका हुन । 

लोकतन्त्रको रक्षाका लागी अबको निर्वाचनमा नेपाली काँग्रेसले जित्नुको बिकल्प नभएको थापाले बताए । नेता थापाले शहिद थिरबम मल्ललार्इ सम्झदै बागलुङका जनताले शहिद परिवारप्रति सम्मान गर्ने बिश्वास व्यक्त गरे ।

शहिद थिरबमको नाती मञ्जेश बागलुङ प्रदेश १ को उम्मेदवार भएको र उसको लागि अमुल्य मत राखी उचित सम्मान गर्नका थापाले आग्रह गरे । 

थापाले ससस्त्र जनयुद्दमा माओबादीले मल्ल परिवारप्रति गरेको व्यवहार सम्झाउँदै थापाले पक्कै पनि जनताले उचित न्याय गर्ने विश्वास व्यत्त गरे ।   

थापाले भने, ' कुनै बेला  माओबादी केन्द्र नेपालको ठुलो पार्टी भएका बेला काठमाडौंको टुडिखेलको खुल्ला मंञ्चबाट नेपाली काँग्रेस सकियो भन्दै ठुलो भएको अंहकार गरेका कारण माओबादीले आफनो जिम्मेबारी पुरा गर्न सकेको थिएन अहिले एमाले त्यस्तै हुँकार गर्दैछ। '
 
थापाले यसअगाडि जनतालाई दिएका आस्वासनका आधारमा संबिधान निर्माण गरेर जनताको अगाडि उभिएको बताए। थापाले कम्युनिष्टहरु एक भएता पनि काँग्रेसलार्इ कसैले हराउन नसक्ने बताए । 

थापाले देशमा महेन्द्रको दुश्साहसले ३० बर्ष र प्रचण्डको दुश्साहसले २० बर्ष गएको भन्दै एउटा भएको कम्युनिष्ट पार्टीको अंहकारले अर्को १०, १५ बर्ष खेर जान नदिन आग्रह गरे ।

उनले पार्टी पार्टी चाहर्दै, चौतारा चौतारा घुम्दै बागलुङ आउने मान्छेले नभइ स्थानिय निरज पुनले बागलुङको सहि प्रतिनिधित्व गर्न सक्ने दाबि गरे । 

प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले प्रतिनिधित्व गर्दै गर्दा एक जनाले पनि मैले गलत ब्यक्तिलाई प्रदेशको संसदमा निर्वाचित गराएर पठाएछु भनेर शिर निहुराउन नपर्ने थापाको भनाई थियो । 

बन्दुक बोकेर देश परिवर्तन गर्छु भनेर हिडेका कम्युनिष्ट मध्येका सबैभन्दा जानेका डाक्टर बाबुराम भट्रराईले काँग्रेसको मञ्चमा उभिएर कम्युनिष्टको बाटो गलत भएको भन्दै हिड्ने अवस्था आएको बताए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचन, बागलुङ क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार नरबहादुर पुन निरज, प्रदेश सभाका उम्मेदवार मञ्जेश बम मल्ल लगायतले बोलेका  थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ