arrow

एमालेमा भूकम्पः १,१०० एमाले नेताहरुलाई मन्त्री मन्सुरले कांग्रेसमा प्रवेश गराए

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
21.jpg

कलैया । नेकपा एमालेमा भुकम्प गएको छ । बारा क्षेत्र नं. ६ का पुर्व सांसद पुरुषोत्तम पौडेलका स्वकिय सचिव प्रवेज आलम अंसारी सोमबार बेलुकी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

नव प्रवेशी अंसारी राष्ट्रिय युवा परिषद सदस्य, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिवालय सदस्य, नेपाल मुस्लिम ईतेहाद संगठनका केन्द्रिय सचिवालय सदस्य समेत रहेका हुन् । 

अंसारी सहित एक हजार भन्दा बढीको हुल नै कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झड्का सहित भुकम्प नै गएको छ । 

पुर्व प्रधानमन्त्री एवम एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका नजिक रहेका अंसारी कांग्रेसमा प्रवेश गरेपछि एमाले बारालाई ठुलो झटका लागेको छ । 

अंसारीलाई श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले प्रवेश गराएका हुन । 

अंसारी सहित नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल पार्टी परित्याग गरी एक हजार एक सय जना बढीलाई मन्त्री मंसुरले कांग्रेसमा प्रवेश गराएका छन । 

शम्भु कुशवाहा, सैनुल्लाह अंसारी, राकेश सहनी, सुरेश सहनी, सजाक अंसारी, कैमुलाह अंसारी, महमजान अंसारी, रामेश्वर साह कानु, नौसाद अंसारी, वकिल मिया लगायत एक हजार एक सय जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

नव प्रवेशीहरुलाई श्रम मन्त्री मंसुर, क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, पुर्व सासद मधु शाही ठकुरी, क्षेत्र नं. ६ का क्षेत्रिय सभापति मुकेश कुशवाहाले अबिर, माला लगाई स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ