arrow

समवेदना: ‘हो हाम्रो मन पनि रोयो....’

logo
प्रियरंजन दाहाल 
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
dahal.jpg

प्रारब्ध र परिणाम न मान्नेहरु
प्रेम, दया र शान्ति न जान्नेहरु 
जब हृदयबिहिन तिमि आँशु झार्छौ 
हृदय हुने हाम्रा मन तिमिसंगै रुन्छन्  ।

आर्यघाटमा दागबत्तिको आगोले मुख झोस्दा 
छोराले अइया बुवा भन्ला कि जस्तो तिमीलाई लाग्यो होला 
स्मृतिका पानाबाट एक एक गर्दै तश्विर निस्किदा
इतिहासको प्रत्येक कर्मले निराशा जाग्यो होला 
सन्तानको मृत्युमा चिताको धुवाँसंगै  तिमिले आँशु लुकाउन सकेनौ 
मृत्यु मात्रै एउटा सत्य हो भनेर चित्त बुझाउन सकेनौ 
हो हाम्रा आँखा पनि  तिम्रा पिडामा रसाए 
प्रतिशोध छोडेर धेरैले शोकमा आँशु बगाए ।।

खाल्डो खनेर जिउदै गाडिएकाहरुको  चित्कार नसुन्नेहरु
 श्रीमती ,बच्चा अगाडी  गुप्ताङ्ग चिरेर नुन चुक छर्नेहरु 
तिम्रो लागि त्यो साहस थियो हाम्रा लागि पासविक 
जब तिमीमा प्रेम देखियो ,जब तिमीभित्र कोमल मुटु भेट्टीयो 
सन्तानको प्रेमले हाम्रो पनि दिल छोयो
बिगतको आक्रोश बिर्सिएर तिमिसंगै हाम्रो  मन रोयो ।

चितामा राखिएका बाबुलाई हेर्दै गरेको त्यो अबोध छोराको चित्र 
सर्वजन  हिताय सर्वजन सुखायको भावना  भित्र 
एउटा युवाको अवसानमा स्रध्दान्जलि चढाउंछौ
हामी तिम्रो बेदनामा आशु बगाउँछौं ।।

तिमि रुढीवाद देख्थेउ हामी असल संस्कार 
तिमि धर्म अफिम भन्थेउ हामी असल व्यवहारको आधार 
पण्डितको मन्त्रको उच्चारण संगै चिता घुमेको देख्दा 
नेताभन्दा माथि  एउटा बाबु रोएको भेट्दा 
हाम्रो मुटु छोयो, हो हाम्रो मन पनि रोयो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ