arrow

मन्त्री हुने लोभले हैन जनताको सेवाका लागि चुनावमा लडेको हुँ – चन्द्र भण्डारी

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । गुल्मी क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका चन्द्र भण्डारीले आफूले गरेका प्रतिवद्धता पूरा गरेकाले जनताले आफूलाई जिताउने दावी गरेका छन् । 

उनले चार बर्षका लागि आफुले गरेका प्रतिवद्धता पूरा गरेकाले अब जनताले नै आफूलाई काम गर्ने व्यक्ति भनेर जिताउने विश्वास व्यक्त गरेका हुन् । 
 
अघिल्लो निर्वाचनमा संविधान निर्माण गर्ने र सालझण्डी पटौती खज्र्याक द्रुतमार्ग निर्माण गर्ने दुई ओटा मुख्य प्रतिबद्धता आफ्नो रहेको रहेको जानकारी दिदै उनाँले ती दुवै प्रतिबद्धता पुरा भएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उनले नेपालमा पर्ने विकासका योजना मध्ये विगत ४ बर्षयता सबैभन्दा धेरै गुल्मीमा परेको जानकारी दिए । 

आफु निर्वाचित हुनुभन्दा अगाडि गुल्मीमा दुई ओटा मात्रै पुल रहेकोमा अहिले ४२ ओटा पुल बनिरहेको, अहिले संचालनमा रहेका ९३ वटा खानेपानी योजना मध्ये ९० ओटा आफ्नो कार्यकालमा ल्याएको नेता भण्डारीले बताए ।
  
आफ्नो प्रतिबद्धता अनुरुप गुल्मीको आर्थिक विकासको मेरुदण्ड मानिएको सालझण्डी पटौती खज्र्याक द्रुतमार्ग निर्माण कार्य अहिले धमाधम भइरहेको उनको भनाई छ । 

कूल ७२ किलोमिटर रहेको सो सडक बुटवल तानसेन तम्घास सडकको बैकल्पिक र निकै छोटो बाटो मानिन्छ । 

त्यसैगरी आफ्नै सक्रियतामा रिडीमा एसियाकै नमुना पुल वन्दै गरेको पनि भण्डारीले बताए । 

गुल्मीमा अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा भन्दा बढी आफ्नो पहलमा ७३ ओटा सडक निर्माण कार्य भईरहेको काँग्रेस उम्मेदबार भण्डारीले जानकारी दिए ।

उनले घरबार विहिनहरुका लागि ४ सय ओटा घर बनाउन लागेको, रेसुङालाई अन्तर्राष्ट्रियस्तरको तपोभुीमीको रुपमा विकास र प्रचार प्रसार गर्न दश करोडको लागतमा भवन बनाउन लागेको, आफ्नो तलब भत्ता सवै गरिब बालबालिकाहरुको शिक्षा स्वास्थ्यका लागि बाँडेको बताए ।
  
विकास गर्न सकेन भन्न नपाएर मन्त्री बन्न सकेन भनेर आफ्ना विरुद्ध तुच्छ र तर्कविहिन प्रचार एमालेका उम्मेदबारले गराएको बताउदै उनले “गुल्मीलाई विकास चाहिएको हो मन्त्री चाहिएको होईन” भने ।

नेता भण्डारीले आफ्ना प्रतिश्पर्धी प्रदिप ज्ञवालीप्रति लक्षित गर्दै कसैले मन्त्री बनेर पनि गुल्मीका लागि केही गर्न नसकेको तर आफुले मन्त्री नबनेर पनि मन्त्री बनेकाले भन्दा दशौ गुणा धेरै काम गरेको बताए ।
 
एमालेका सांसदहरुले २२ बर्षमा गर्न नसकेको काम आफुले ४ बर्षमा गरेको गुल्मी एकका काँग्रेस उम्मेदबार भण्डारीले दावी गरे ।
 
जिम्मेबारी र अवसर पाउँदा विकास गरेको, सुख दुःखमा साथ दिएको र सधै गुल्मीलाई ध्यान दिने उम्मेदबारलाई नै गुल्मेलीहरुले मतदान गर्ने उनले विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ