arrow

गगन थापाबारे अतिरञ्जित समाचार बनाउनेमाथि प्याक्टको आपत्ति, प्रमाणसहित जवाफ

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
krishi_3.jpg

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि भ्रम फैलाउने उद्धेश्यले गलत समाचार लेखिएको भन्दै कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टले आपत्ति जनाएको छ । 

प्याक्टले नागरिक दैनिकमा विज्ञप्ति प्रकाशित गर्दै एक अनलाइनले प्याक्टसंग नाम जोडेर ‘स्वर मिलाइ हिसाब मागौं खै बाख्रा, खै कुरिलो, खै मासु पसल’ शीर्षकमा मंसिर ४ गते प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विश्वबैंकको सहयोगमा संचालित यो आयोजनाले विभिन्न आव्हान अन्तर्गत प्रतिस्पर्धात्मक रुपमा छानिएका उत्कृष्ट प्रस्तावहरुलाई सरकार र विश्व बैंकबाट स्वीकृत भएको मापदण्ड तथा निर्देशिका बमोजिम उपआयोजना संचालन गर्न सम्झौता गरी सम्पन्न गरेको कामको स्वतन्त्र विज्ञहरुबाट मूल्यांकन गराई सो को आधारमा निश्चित प्रक्रिया मार्फत अनुदान वितरण गर्ने स्पष्ट पारेको छ । 

विज्ञप्तिमा प्याक्टले ‘समाचारमा प्रकाशित भए बमोजिम सुनखानी एकीकृत कृषि केन्द्र महांकाल, काठमाडौंले गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना संचालन गर्न यस आयोजनासंग सम्झौता गरेता पनि सुनखानी एकीकृत कृषि केन्द्रको २०७२ मंसिर २८ गतेको प्राप्त प्रतिवेदनमा उल्लेखित कम्पनीका अध्यक्ष मा गगन कुमार थापा कृषि तथा जलस्रोत समितिको सभापतिसमेत रहेको अवस्थामा कार्यसम्पादनमा असर पर्ने तथा स्वार्थ बाझिने भएको हुँदा उपआयोजना संचालन गर्न असमर्थता जनाएको उल्लेख छ । सोह िआयोजना कार्यान्वयन सहयोग समूहको कार्यालय, एकान्तकुना, ललितपुरको मिति २०७२ फाल्गुण १९ गतेको पत्रबाट उक्त उपआयोजना रद्द गर्न कार्वाही अगाडि बढाएकाले यस आयोजनाबाट उक्त सुनखानी एकीकृत कृषि केन्द्रले सम्झौता गरी संचालन गर्ने भनिएको गुणस्तरीय मासु उत्पादन तथा बजारीकरण उपआयोजना तत्कालै रद्द गरिएको थियो ।’ भनेको छ । 

प्याक्टले विज्ञपितमा ‘उक्त संस्थालाई सो उपआयोजना बापत कुनै पनि रकम भुक्तानी गरिएको छैन’ भनेको छ ।

प्याक्टले सत्यतत्थ जान्न चाहने सर्वसाधारण नागरिकको सू–सूचित हुने अधिकारको सम्मान गर्दै आयोजनाले यस समाचारको सम्बन्धमा सत्य तथ्य विवरण सार्वजनिक गर्न चाहन्छ भन्दै उक्त उपआयोजनाको विस्तृत जानकारी आयोजनाको वेभसाइट डब्लुडब्लुडब्लु डट प्याक्ट डट जिओभी डट एनपी र एमआइएस प्रणालीमा पनि हेर्न सकिने जनाएको छ । 

प्याक्टको यो स्पष्टिकरण र प्रमाणसंगै गगन थापाका विपक्षीको चुनावी रणनीतिसमेत असफल भएको छ । 

थापाको लोकप्रियतालाई घटाउन विपक्षीले अनेक प्रपञ्च रचे पनि उनको चर्चा भने इमानदार र सामाजिक कार्यमा सक्रिय नेताका रुपमा गनिएको छ । 

यो समाचारले भने थापाप्रति लाग्दै आएका कथित अस्पष्टतासमेत झन् जनमानसमा छर्पष्ट भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ