arrow

सीमानाका तीन दिन बन्द हुने

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
Nepal-India-borders-no-mans-land.jpg

बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । 

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । 

चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिए । उनले उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न नपाउने बताउए । 

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताए । पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ