arrow

श्रम मन्त्री मन्सुरको घरदैलो कार्यक्रम

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
farmullah_mansur.jpg

कलैया । श्रम तथा रोजगार मन्त्री एवम नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले मंगलबार विहान घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । 

मन्त्री मंसुर सहित क्षेत्र नं. ३ को २ का उम्मेदवार जयचन्द्र चौरसियाले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन । कलैया उपमहानगरपालिकाको १२ मा रहेको धर्मनगरमा मन्त्री मंसुर र प्रदेश सभाका उम्मेदवार चौरसियाले स्थानीयहरुलाई नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा स्थानीयहरुसँग कुराकानी गर्दै श्रम मन्त्री मंसुरले मुलुकको विकासको लागि नेपाली काँग्रेसलाई मतदिएर विजयी बनाउने जिम्मा जनताको काँधमा रहेको बताए । 

जनताले मुलुकमा विकास, आर्थिक समृद्धि चाहेको छ, त्यसलाई पुरा गर्न नेपाली काँग्रेसलाई मतदिने कुरामा विश्वास व्यक्त गरेका थिए । त्यसैगरी, फेंटा गाँउपालिकाको ६ मा रहेको गम्हरियामा घरदैलो कार्यक्रम समेत सम्पन्न गरेका छन । घरदैलो कार्यक्रममा पुर्व सहायक राज्यमन्त्री कलावती पासवान, काँग्रेसका नगर सभापति पुरुषोतम सिंह पाण्डे, लोकतान्त्रिक फोरम नेपालबाट फेंटा गाउँपालिकाको प्रमुख पदका प्रत्यासी चन्देश्वर दुबे, कलैया उपमहानगरपालिका १२ का नवनिर्वाचित वडा अध्यक्ष राजेश्वर केशरी लगायतकाको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ