arrow

उदयशम्शेर राणाको पहिलो प्राथमिकता : विकास र रोजगारी

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
udaya-shamsher-rana.jpg.jpeg

ललितपुर।  अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।  

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रचारप्रसारको क्रममा मंगलबार गोदावरीको घरदैलो कार्यक्रममा बोल्दै उनले चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुने बताए  ।
 
जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखिने उनको प्रतिबद्धता थियो । दोस्रो संविधानसभामा सो क्षेत्रबाट निर्वाचित भएर विकासका धेरै काम गरिसकेको स्मरण गर्दै उनले त्यसलाई निरन्तरता दिने बताए ।

कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गरिनुपर्नेमा उनको जोड थियो । लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्नसक्ने उनको दाबी थियो । “जनताको सेवा नै मेरो मूल मर्म हो”–उनले भने।

गठबन्धनका तर्फबाट क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार मीनकृष्ण महर्जनले खेलकुदको माध्यमबाट देशको आर्थिक उन्नती हुनसक्ने बताए । “खेल क्षेत्र त्यस्तो माध्यम हो जसले राष्ट्रलाई विश्व सामु चिनाउन सक्छ”–उनले भने।

पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने यस -क्षेत्रका मतदाताको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ