arrow

अछामको पनि बिकट गाँउमा पुगे काँग्रेस उम्मेदवार

logo
नमराज भण्डारी,
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
achham.jpg

अछाम । अछामको पनि बिकट तुर्माखाद गाउपालिका वडा नम्बर २ ताधिमा काँग्रेसका उम्मेदवार पुगेका छन् । उम्मेदवार पुगेसँगै सो क्षेत्रका जनता खुसी भएका छन । मंगलबार सो  ताँधि गाँउमा काँग्रेसले घर दैलो गरेको छ ।  
 
जिल्ला सदरमुकाम अछामबाट २ दिन को यात्रा रहेको ताँधिका जनता शिक्षा ,स्वास्थ लगायत विभिन्न   क्षेत्रबाट बञ्चित बनेका छन् । महिलाहरु सुत्केरी हुँदा आफ्नो ज्यान नै धरापमा राख्नु पर्ने त्यस क्षेत्रका  महिलाहरु को बाध्यता रहेको छ । ताँधि बासिले सदरमुकामबाट धेरै टाढा रहेकोले सो ठाँउको  बिकाशका लागी पहल गरिदिन अनुरोध गरेका छन । कार्यक्रमलाई सम्बोधन  गर्दै प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवार पुष्प बहादुर शाहले  आफुले अहिलेसम्म कसैलाई भेदभाव नगरी  सेवा गरिरहेको बताएका छन् ।

तुर्माखाद गाउपालिका वडा नम्बर २ ताधिमा भएको  कोणसभा  कार्यक्रममा बोल्दै पुर्ब पार्टी सभापति समेत रहेका शाहले जिल्लाको सबैभन्दा बिकट रहेको ताधिबासीलाई  सुर्खेत जिल्लाबाट नजीक पर्ने सो ठाँउका जनताहरुलाई अब आफुले आफ्नै जिल्लाबाट सबै सेवा सुबिधा उपलब्ध गराउन आफू लागि पर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेदवार सुरत बहादुर बिष्टले आसन्न मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको जित भएमा  अछाम जिल्ला का विकट क्षेत्र हरुका महिलाका ,बालबालिका हरेक दुख कष्ट को अन्त्य हुने बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ