arrow

प्रचण्डपुत्र प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै ढलेका पाख्रिनको निधन

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
khusi-ram-pakhrin.jpg

चितवन । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं गायक खुसीराम पाख्रिनको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउने क्रममा हृदयघात भएर ढलेका पाख्रिनको निधन भएको हो ।

पूर्व सांसद खुसीराम पाख्रिन चितवन आयोजित बामगठबन्धनको चुनावसभा तथा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढले ।

अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालले पाख्रिनकाे निधन भएकाे अाैपचारिक रुपमा जानकारी दिएकाे माअाेवादी केन्द्रका चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

उनले पाख्रिनकाे निधनले अाफुहरु थप स्तब्ध भएकाे भन्दै चुनावी सभाहरु निरन्तर अघि बढ्ने समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ