arrow

निधिले अस्पतालबाट यस्तो गरे अपिल

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
bimalendra_nidhi_final.jpg

काठमाडौं । काँग्रेस नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले अस्पतालबाट आफु आराम रहको जानकारी दिँदै एउटा अपिल जारी गरेका छन् ।

अस्पतालबाटै अपिल जारी गर्दै निधिले आफ्नो स्वास्थ्यमा सामान्य समस्या भएको र उपचार भइरहेकाले नआत्तिन भनेका हुन् ।

उनले आफु आरामै रहेको र नेता तथा कार्यकर्तालाई चुनावी मोर्चामा खटिन अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘नआत्तिनुहोस र नमात्तिनुहोस । डटेर जनताका घर–घरमा पुग्नुहोस । दिग्भ्रमित भएका जनतालाई बुझाउनुहोस। हामी सम्वृद्धीको महान अभियानमा छौं ।’

अपिल

स्वास्थ्य अवस्थामा सामान्य समस्या देखिएपछि मेरो उपचार भै रहेको छ । म आराम छु । यहाँहरुको माया, ममता र सदभावका साथै यहाँहरुले दिनुभएको जिम्मेबारी, धनुषाबासीले सुम्पेको दायित्व पुरा नगरि मलाई कुनै रोगले थला बनाउन सक्दैन। यो मेरो होइन यहाँहरुले मप्रति देखाउनु भएको विश्वासको खेला हो । मेरा शुभचिन्तक, पार्टी कार्यकर्ता तथा सम्पूर्ण धनुषाबासीलाई निर्वाचनको यो महान मोर्चामा अनवरत रुपमा सक्रिय रहन आह्वान गर्दछु । म पात्र मात्र हु । यहाँहरुको प्रतिनिधीमात्र हु । धनुषाका हरेक युवा, प्रोण, सबै वर्ग, जनजाती, पेशाकर्मी र देशबासीले यसपटक लोकतन्त्र रक्षाको यो मोर्चा जित्नै पर्नेछ । नआत्तिनुहोस र नमात्तिनुहोस । डटेर जनताका घर–घरमा पुग्नुहोस । दिग्भ्रमित भएका जनतालाई बुझाउनुहोस। हामी सम्वृद्धीको महान अभियानमा छौं । रुखमा भोट हाल्नुहोस । नेपाली कांग्रेसका उम्मेदवारहरुलाई देशभरबाटै अत्याधिक बहुमतले विजयी बनाएर आफ्नो र भावी पुस्ताको भविष्य सुनिश्चित गर्नुहोस ।

सबै–सबैलाई धन्यवाद, जय नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ