arrow

मनाङमा काँग्रेस उम्मेदवार टेकबहादुरलाई जिताउन उर्लियो जनसागर

पत्रकारमाथि दूर्व्यवहार हुनु विपक्षीहरुको कायरता

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
manang_nc.JPG

काठमाडौं । हिमाली जिल्ला मनाङमा काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई जिताउन जनसागर नै उर्लिएको छ । काँग्रेस मनाङका सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री समेत रहेका गुरुङलाई अत्याधिक मतका साथ जिताउन मनाङका मतदाताहरु लागि परेका हुन् । एक प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा रहेको मनाङमा काँग्रेसले आफ्नो चुनावी अभियानलाई तीब्र पारेको छ । 

दैनिक ४ सयको हाराहारीमा स्थानीय नेता तथा कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उम्मेदवार गुरुङले लोकतान्त्रिक पार्टीलाई जिताउन मनाङका मतदातासँग आग्रह गरेका छन् । हिमाली जिल्ला मनाङको विकास काँग्रेसबाट मात्रै सम्भव भएको भन्दै कम्युनिष्टहरुलाई मत दिएर गल्ती नगर्न अनुरोध गरेका छन् ।

उम्मेदवार गुरुङले कम्युनिष्ट शासन हटाएर देश विकास गर्नु काँग्रेसको अभियान भएको बताएका छन् । उनले नेस्याङ गाउँपालिका अन्तर्गत पर्ने मनाङ गाउँ, खाङ्सार, टंकी मनाङ, ङावल, घ्यारु, पिसाङ र चामेमा आयोजना गरिएको बेग्लाबेग्लै चुनावी सभामा बोल्दै  मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताउँदै आफ्नो लक्ष्य भनेका मनाङी जनताको आर्थिक स्तरमा सुधार गर्ने रहेको बताएका छन् । विश्वविख्यात अन्नपूर्ण चक्रिय पदमार्ग र मनास्लु पदमार्गको विकास गरी जिल्लालाई पर्यटनको हव बनाउने योजना रहेको उम्मेदवार गुरुङको भनाई छ ।
 
मनाङको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको भन्दै कम्युनिष्टबाट मनाङमा सिन्को नभाँचिएको गुरुङको भनाई छ । ‘काँग्रेसले जितेमात्र मनाङको विकास हुन्छ,’ उनले भने, ‘मुलुकमा ४ वटा कम्युनिष्ट प्रधानमन्त्री भएका बेला मनाङले के पायो ?’ काँग्रेस मनाङ प्रदेश (क) का उम्मेदवार चिन्तबहादुर घलेले जिल्लाको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । उनले चुनाव जितेर पैसा कमाउनभन्दा पनि मनाङको  विकास गर्नका लागि आफ्नो उम्मेद्वारी भएको नेता बताए ।
 
यस्तै, काँग्रेस मनाङ प्रदेश (ख) का उम्मेदवार कर्म गुरुङले कम्युनिष्ट एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि मनाङमा काँग्रेसको जित आवश्यक रहेको बताए । ‘बाम गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन्, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ ।’ उनले पत्रकारहरुमाथि हातपात हुनु र उनीहरुमाथि दूव्र्यवहार हुनु विपक्षीहरुको कायरता भएको बताएका छन् । केही समय अघि पत्रकार नवीन मनांगेमाथि एमालेका कार्यकर्ताहरुले गरेको दूव्र्यवहारप्रति इंकित गर्दै उनले यसले विपक्षीहरुको कायरता पुष्टि हुने बताए ।

मनाङमा गुरुङलाई जिताउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी समेत सहयोग गरेको छ । राप्रापकी केन्द्रीय सदस्य नानु नगरकोटी (लामा) ले लोकतन्त्रमाथि आउन सक्ने सम्भावित चुनौतीलाई मध्यनजर लाग्दै लोकतान्त्रिक पद्धतीको संरक्षणका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरिएको बताएकी छिन् । उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसलाई भोट हाल्न मनाङमा रहेका सबै राप्रपाका नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ