arrow

उपेन्द्रको उद्घोष : चुनाव लगत्तै राजपा–फोरम पार्टी एकता

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
upendra-yadav-600x0.jpg.jpeg

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी राजपा नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् ।

यो चुनावी तालमेलको शुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेशी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उनले तर्क गरे ।

अध्यक्ष यादवले राजविराजमा संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने जिकिर गरे ।

साथै उनले मधेशीको अधिकार प्राप्ति नभएसम्म मधेशीको लडाइँ समाप्त नहुने बताउँदै मधेशी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेशीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले काँग्रेस, एमाले र माओवादीले जति मीठो भाषण र आश्वासन दिए पनि मधेशी हितमा नभएको आरोप लगाए ।

राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकाले आफ्नो बहुमत आए राज्यको लगानी बढाउने शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने जिकिर गरे । साथै, उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ