arrow

आन्तरिक पर्यटकलाई चुनावभरी मनाङ छिर्न रोक 

logo
नविन लामिछाने ।
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
manang.jpg

काठमाडौं । मनाङमा निर्वाचन अवधिभर आन्तरिक पर्यटकलाई प्रवेश गर्नमा रोक लगाईएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उच्छृङ्खल गतिविधि नहोस् भन्नको लागि चुनाव अवधिभरको लागि आन्तरिक पर्यटकलाई प्रवेश निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ । 

शान्त जिल्ला मनाङमा जिल्ला बाहिरबाट जिल्लामा आएर वाताारणलाई अशान्त बनाउनसक्ने देखेर जिल्ला निर्वाचन कार्यालय मनाङ र जिल्ला प्रशासन कार्यालय समेतको सहकार्यमा उम्मेदवारहरुसँग छलफल गरी यस्तो निर्णय गरिएको हो । 

निर्वाचनको लागि ५ दिन मात्रै बाँकी रहँदा त्यहाँ केही उच्छृङ्खल गतिविधि गर्ने केही युवाहरु मनाङमा प्रवेश गरेपछि प्रशासनले यस्तो निर्णय गराएको हो । झण्डै दुई दर्जन युवाहरुलाई प्रशासनले मनाङबाट फिर्ता समेत पठाईसकेको छ । 

झण्डै ६० प्रतिशत मतदाताहरु काठमाडौंमा रहेको मनाङका मतदाताहरुलाई भोट हाल्न आउँदा नागरिकता वा सरकारले प्रमाणित गरेको परिचयपत्र लिएर आउन आग्रह गरेको छ । उनीहरुलाई पनि परिचयपत्र देखाएर मात्रै जिल्ला प्रवेश गर्न दिईने भएकोछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ