arrow

काँग्रेसले लोकतन्त्रको बैतर्नी तारेकाहरुले यही संविधानलाई लात हान्न लागे – कार्की 

logo
सुर्य खनाल,
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
congress-flag.jpg

गुल्मी । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गतको चुनावी सभा मंगलबार दुवीचौरमा  सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारीले यस क्षेत्रमा थुप्रै विकासका योजनाहरु पारेको हुँदा ती योजनाहरुलाई पूर्ण सम्पन्न पार्नका लागि जसरी पनि नेपाली काँग्रेसले चुनाव जित्नुको विकल्प नरहेको दाबी गरे । 

त्यस्तै, विशेष अतिथि प्रदेश सभाका उम्मेदवार धनेन्द्र कार्कीले आफ्नो प्रदेशको विकासको मुहार फेर्ने सपनालाई साकार पार्नका लागि उम्मेदवारी दिएको र चुनावी मैदानमा होमिएको समेत बताए । साथै उनले भने मैले चुनाव जितेपछि म जनताको सेवा वाहेक अन्य कुनै पनि कार्यलाई महत्व दिने छैन । यस प्रदेशका सर्वसाधारणको मुहारमा उज्यालो छर्ने हिम्मतका साथ होमिएको छु जनताको सेवा गर्ने मेरो सपनालाई साकार पार्नकालागि नेपाली काँग्रेस विजयी हुनु जरुरी छ । 

दुनियाँबाट तिरस्कृत अधिनायकबाद लादेर यहाँका जनताको अधिकार माथि लात हानेको नेपाली काँग्रेसले सहन नसक्ने उनले बताए । साथै उनले यहाँका अधिनायकबादी शक्तिहरु काँग्रेसको पुच्छर समाएर लोकतन्त्रको बैतर्नी तर्दै फेरि त्यही लोकतन्त्रबाट आएको संविधान माथि लात हानेर जनताको रगतको भेलबाट निर्मित सविधानलाई धरापमा राख्न थालेका कारण यस्ता अधिनायकबादी शक्तिलाई परास्त पार्न नसके नेपाली जनताका लागि इतिहासमै यो समय कालोदिनका रुपमा सावित हुने समेत विचार ब्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ