arrow

समृद्ध दाङका लागि काँग्रेसलाई मतदान : खनाल

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
raju-khanal.jpg

दाङ। समृद्ध दाङका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेस बिजयी हुनुपर्ने नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उम्मेदवार तथा निवर्तमान सांसद राजु खनालले बताएका छन् ।

 चुनावी प्रचार प्रसार अभियानका क्रममा मंगलवार घोराही उपमहानगरपालिका वडा नम्वर १० को नारायणपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार खनालले दङगाली जनताको आयस्तरमा वृद्धिगर्दै समृद्ध दाङ निर्माणका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक  रहेको बताए ।  देशलाई समसयावाट बचाउनकालागि नेपाली काँग्रेसले अनेक कालखण्डमा विकास र निकासको  नेतृत्व गरेको भन्दै उनले अव फेरी विकास नेतृत्व काँग्रेसले गर्नुपर्ने बेला आएको बताएका थिए ।

उनले भने ‘ नेपाली काँग्रेस विकास प्रेमी पार्टी हो । काँग्रेसले विकास निर्माण गर्न जानेको छ  । भत्काउन जानेको छैन ।’  कम्युनिष्ट पार्टीहरुले परितर्वनका नाममा देशलाई समस्यामा फसाउने र देशमा विकास गर्न नदिने गरेको खनालको आरोप लगाएका छन । दाङको विकास लागि काँग्रेसले प्रादेशिक राजधानी बनाउन लागेको समेत उनले बताए । त्यस्तै उनले दाङको विकास लागि शिक्षा,स्वास्थ्य,सडक,पुललगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको बताएका थिए ।

दाङको विकास लागि काँग्रेसले गरेका विकास निर्माणका बारेमा जनतालाई जानकारी गराउनुपर्ने आवश्यकता समेत रहेको बताए । उनले भने‘ काँग्रेसकै पहलमा भएका विकास निर्माणका कामहरुलाई अन्य पार्टीले हामीले गरेको भनेर जनताहरुलाई भ्रम सिर्जना गर्ने काम गरिरहेका छन । त्यसवाट जनताहरुलाई सचेत गराउन हामीहरु प्नि लाग्नुपर्छ ।’ कांग्रेसको तर्फवाट हामीहरुले गरेका कामहरु पनि प्रचारमा ल्याउनुपर्छ ।

 त्यस्तै प्रदेशसभा क्षेत्र नम्वर २ (ख) का उम्मेदवार भरतवहादुर न्यौपानेले देशलाई समृद्धिको दिशामा अघि बढाउन नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।  दाङको विकासका  लागि काँग्रेसले नै अहिलेसम्म पहल गरेको भन्दै न्यौपानेले आगामी निर्वाचनवाट पनि काँग्रेसलाई विकासको नेतृत्वको जिम्मेवादी दिन जनतासँग आग्रह गरेका गरे ।

‘आफनो क्षेत्रको विकास कसरी गर्नुपर्छ भन्ने मलाई थाहा छ  र  त्यही अनुसार विकास गर्ने योजना बनाएको छुे । मलाई ती विकास योजनाहरु प्ुरा गर्ने जिम्मेवादी दिनुहोस ।’ न्यौपानेले भने । सडक निर्माणदेखि सुख्खा खेतमा सिचाईको व्यवस्थाका लागि कुला निर्माणदेखि डिपबोरिङ खेन्नेका लागि आफुले पहल गर्ने बताए । त्यस्तै शिक्षा,स्वास्थ्य,विजुली बत्ति गाउँ गाउँ पुर्‍याएर जनताहरुलाई अन्धाकारमा बस्न नदिने न्योपानेले प्रतिवद्धता गरेका थिए । त्यस अवसरमा टोलीले जलौरा, अर्घु, लमडरुवा, चारबगिया, संयुक्त टोल, वेलुवा लगायका स्थानमा चुनावी सभा तथा घर दैलो कार्यक्रम गरेका छन् ।

प्रदेश सभाका क्षेत्र नम्वर २ (१)का उम्मेदवार कमलकिशोर घिमिरेले पनि घरदैलो अभियानलाई जारी राखेका छन् । उम्मेदवार घिमिरेले मतदाताका  घरमै पुगेर उनीहरुका समस्याहरुलाई बुझ्ने समस्या समाधानका लागि आफुलाई मतदान गरेर आगामी निर्वाचनमा बिजयी गराउन आग्रह गर्ने गरेका छन ।

आफु सत्तामा नहरदा पनि आफनो क्षेत्रको विकास निर्माणका लागि पहल गरेको भन्दै घिमिरेले यस क्षेत्रको विकास लागि आफुलाई जिताउन समेत आग्रह गर्ने गरेका छन ।  रामपुर गाविसका साविक ४ नम्वर वडाको सिस्ने खोला, डवरी, धारीखुटी, नवलपुर लगायतका स्थानका मतदाताहरुसँग उनले घरदैलो गरेका थिए ।

घरदैलोको क्रममा मतदाताहरुले उम्मेदवारसँग खानेपानी, सडक, स्वास्थ्य र शिक्षासुसँगै महिला तथा युवाहरुलाई आयआर्जन मुलक कार्यक्रमहरुका लागि पहल गरिदिन आग्रह गरेका थिए ।  मतदाताहरुका कुरा सुन्दै उम्मेदवार घिमिरेले दाङलाई प्रादेशिक राजधानी निर्माण तथा समृद्ध दाङ निर्माणका गर्न सके सवै खाले समस्याका समाधान हुने बताए ।

समृद्ध दाङ बनाउन सके युवा तथा महिलाहरु बेरोजगार बस्न नपर्ने घिमिरेको भनाई थियो ।  यसै विच नेपाली काँग्रेस वडा नम्वर १८ साविक वडा नम्वर ६ इकाइ समितिले घरदैलो सुरु गरेको छ । मतदाताको घरमा पुगेर नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह समेत गरेका थिए । सोमवार इकाइ समितिले तल्लो रझेना , माथिलो रझेनामा घरदैलो गरेको थियो । घरदैलामा समानुपातिक उम्मेदवार सावित्रा राना, इकाइ समितिका अन्य पदाधिकारीहरु, नेपाली कांग्रेसका नेताहरुको सहभागि रहेको इकाइ सभापति मधुसुदन अधिकारीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ