arrow

कांग्रेसले मात्र मधेशीहरुको सम्मानको रक्षा गर्छ – श्यामप्रसाद साह 

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
s2.jpg

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा ख नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार श्यामप्रसाद साहले नेपाली कांग्रेसले मात्र मधेशीहरुको सम्मानको रक्षा गर्ने बताएका छन् । 

उनले मधेशी दलहरु आफै विभाजित मानसिकताको अवस्थामा रहेकाले मधेशको माग सम्बोधन गर्न नसक्ने बताए । 

मधेशको अधिकार सुनिश्चित गर्न संविधान संशोधन नेपाली कांग्रेसकै अगुवाईमा गर्ने भएकोले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे ।  

उम्मेदवार साहले मंगलबार पनि जनकपुर उपमहानगरपालिकाको वडा नं ८ मा  घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै उक्त कुरा बताएका हुन् । 

स्थानीय रामानन्द चोकबाट शुरु गरेको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार लक्ष्मीदेवी भण्डारी, प्रमिला देवी दास, बृहतर जनकपुर क्षेत्र विकास परिषदका पुर्व अध्यक्ष दिगम्बर राय, पुर्व उपमेयर किशोरी साह, महाधिवेशन प्रतिनीधि प्रफुल्लराज घिमिरे , लोहरपटटी गाउंपालिकाका अध्यक्ष शैलेन्द्र यादव , नेपाल महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण , सम्झना बर्मा , जिल्ला सदस्य अनिता श्रीवास्तव , वडा नं ८ का सभापति सुखचन्द्र मिश्र मालिक भाई , रामदेव यादव , सुरेन्द्र शर्मा , रामानन्द युवा क्लबका पुर्व अध्यक्ष जीवनाथ चौधरी लगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ