arrow

समृद्ध धनुषाका लागि काँग्रेसको छैन विकल्प – आनन्दप्रसाद ढुंगाना

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
an.jpg

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं। १ प्रतिनीधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले समृद्ध धनुषा निर्माणका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । 

देशलाई समस्यावाट बचाउनका लागि नेपाली काँग्रेसले अनेक कालखण्डमा परिवर्तनको नेतृत्व गरेको भन्दै उनले अब फेरि विकासको नेतृत्व काँग्रेसले गर्नुपर्ने बेला आएको बताएका छन् ।

निर्वाचन क्षेत्र नं १ अन्तर्गत पर्ने टोकी, खैरबना, उत्तिमपुर, रामनगर, ढोलबजा, मुसहरी, पर्साहीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले नेपाली कांग्रेसले नै मधेशको अधिकार सुनिश्चित गर्न सक्ने ठोकुवा गरे ।  

कार्यक्रममा क्षेत्र नं १ क का प्रदेश सभा सदस्यका उम्मेदवार  प्रेम किशोर साह , पुर्व जिल्ला सचिव जगत सुन्दर साह , महाधिवेशन प्रतिनीधि बर्तु यादव, प्रदिप यादव, रामपल्टन साह, भोला पंजियार, जिल्ला सदस्य रामलखन यादव, साकिर राईन, पुर्व महाधिवेशन प्रतिनीधि श्यामसुन्दर लगायतका वक्ताहरुले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसलाई विजयी बनाउन आग्रह गरे । 

चुनावी कार्यक्रममा संयौको संख्यामा सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ