arrow

उद्योगी व्यबसायी नै खुलेर काँग्रेसको पक्षमा लागेपछि....

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार

बुटबल । रुपन्देही बुटवलका उद्योगी व्यबसायीहरुले नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् । 

उद्योगी व्यबसायीको पक्षमा नेपाली काँग्रेस रहेको र नेपाली काँग्रेसको अर्थ नीतिका कारण पनि उसको जित आवश्यक रहेको भन्दै उनीहरुले आम उद्योगी व्यबसायीलाई नेपाली काँग्रेसलाई भोट दिन आग्रह गरेका हुन् ।

मंगलबार बुटवल उद्योग बाणिज्य संघमा भएको उद्योगी व्यबसायी भेलामा बोल्ने उद्योगी व्यबसायीहरुले एमाले नेता विष्णु पौडेल पटक पटक मन्त्री भएपनि आफूहरुले गरेको आग्रहलाई वेवास्ता गरेको स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले नेपाली काँग्रेस उद्योगी व्यबसायीको पक्षमा रहेको र संघकै निवर्तमान अध्यक्ष महेशमान सिंहलाई उम्मेदवार बनाएकाले पनि नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने दायित्व उद्योगी व्यबसायीसंग भएको प्रष्ट पारे ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले एमाले माओवादी बाम गठबन्धनका नाममा साम्यवादी व्यबस्था ल्याउने तयारी गरिरहेकाले व्यक्तिगत तथा व्यबसायिक स्वतन्त्रताकालागि पनि नेपाली काँग्रेसको जित अनिवार्य सर्त भएको बताए ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं २ का प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले नेपाली काँग्रेस सधै उद्योगी व्यबसायी र उदार अर्थनीतिको पक्षमा रहेकाले व्यक्तिगत स्वतन्त्रताको रक्षाकालागि पनि नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरे ।

उद्योगी व्यबसायी परिचालन समितिका संयोजक हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, सदस्य सचिव तथा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बोनिन पिया, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, नारायण खनाल, चन्द्रकान्त खनाल लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ