arrow

स्कर्टिङमै तस्करीका सामान

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
विराटनगर। अघोषित नाकाबन्दी र आन्दोलनरत मधेसी मोर्चाको अवरोधले भारतसँग जोडिएको नाकाबाट आयात–निर्यात पूर्ववत हुन सकेको छैन । दुवै देशका सुरक्षा र भन्सार अधिकारीको 'आपसी' सहमतिमा नाकाबाट आयातित सामान गन्तव्यसम्म पुर्याउन ठूलै मेहनत गर्नुपर्छ ।
 
यी सबै जोखिम मोलेर रातमा सुरक्षाकर्मीले मालवाहक गाडी स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्‍याउने क्रम जारी छ । तर, यस्तो अवस्थामा पनि तस्करका रबैया भने नबदलिएको नागरिक दैनिकमा अजित तिवारीले लेखेकाछन्।
 
भन्सारै जाँच नभएका मालवाहक गाडी स्कर्टिङमा छिराएर सामान तस्करी गर्न खोज्ने विराटनगर भन्सारका एजेन्ट देवकीनन्दन शर्मालाई मोरङ प्रहरीले पक्रेको छ ।
 
असोज २१ गते बिहीबार राति स्कर्टिङमा भन्सार जाँचै नभएको मालवाहक ट्रक छिराइएको थियो । मोरङ प्रहरीले विशेष सूचनाका आधारमा उक्त ट्रक नियन्त्रणमा लियो ।
 
एसपी तारिणीप्रसाद लम्सालका अनुसार भन्सार जाँचै नभएको गाडी स्कर्टिङमा छिराएको खबर तत्कालै आएको थियो । 'त्यस्ता मालवाहक गाडीको निगरानीमा छुट्टै टोली खटिएको थियो,' एसपी लम्सालले भने, 'त्यो गाडी स्कर्टिङमा छिराउनुअघिदेखि नै हाम्रो निगरानीमा थियो ।' मोरङ प्रहरीका अनुसार विराटनगर भन्सार कार्यालयको यार्डबाट निस्किएको भारतीय नम्बर एचआर ३८ एफ ३७६९ नम्बरको १० चक्के टाटा कम्पनीको फुलबडी गाडी सामानसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । मोरङ प्रहरीले सामानसहित गाडी अनुसन्धानका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयलाई बुझाइदिएको छ ।
 
इलेक्ट्रोनिक्स, कपडा र हार्डवेयरका सामान उक्त गाडीमा थियो । राजस्व अनुसन्धान र प्रहरीको रोहवरमा बुधबार ट्रकको सामान जाँच गर्दा सबै सामान राजस्व छली गरी ल्याइएको पुष्टि भएको प्रहरी दाबी छ ।
 
स्कर्टिङमा तस्करी गर्न खोजिएको उक्त गाडीमा ६४ लाख ४० हजार १ सय ४० रुपैयाँबराबरको सामान रहेको प्रहरीले जनाएको छ । सामान र गाडीको ८ लाख रुपैयाँ मूल्याकंन गरेर ७५ लाख ४० हजार १ सय ४० रूपैयाँ बिगोबराबरकै धरौटी बुझाएर शुक्रवारै भन्सार एजेन्ट शर्मा र चालक नौसाद अली छुटेको राजस्व अनुसन्धान कार्यालय, इटहरीले जनाएको छ ।
 
प्रहरीले गाडी नियन्त्रणमा लिएलगत्तै भन्सार एजेन्ट शर्मा फरार भएका थिए । शर्मा शुक्रबार आफैं राजस्व अनुसन्धान कार्यालय, इटहरी पुगेर आत्मसमर्पण गरे । ७५ लाख रुपैयाँ धरौटी बुझाएपछि उनी हिरासतमुक्त भए । मोरङ प्रहरीका एसपी लम्सालले भन्सार परिसरबाट निस्किएको त्यो गाडी बजार क्षेत्रमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सारपरिसरमै प्रहरीले गाडी नियन्त्रणमा लिन नपाउने भएकाले बजार क्षेत्रमा त्यो गाडी पक्राउ गरिएको थियो ।
 
'स्कर्टिङमा तस्करीको गाडी छिराउन खोजिरहेको छ भन्ने सूचना पहिल्यै थियो,' एसपी लम्सालले भने, 'भन्सार परिसरबाट त्यो गाडी बाहिर आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।'
 
स्रोतका अनुसार असोज २१ गतेअघि नै विराटनगर भन्सारको यार्डमा छिरेको त्यो गाडीलाई त्यसअघि दुई–तीनपटक स्कर्टिङमा छिराउन खोजिएको थियो । 'एक रात स्कर्टिङका लागि त लाइनै लागिसकेको थियो, त्यो गाडी, पछि फेरि ब्याक गरेर यार्डमै लगियो,' भन्सार राजस्व गस्तीमा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीले नागरिकसँग भने, 'हाम्रो ध्यान स्कर्टिङमै केन्द्रित हुने भएकाले त्यो गाडी लामबद्ध भएर फेरि किन फर्कियो, चासो देखाइएन ।'
 
सामान जाँचै नभई भन्सार यार्डबाट मालवाहक गाडी बाहिरिनुमा भन्सार कार्यालयको समेत मिलेमतो रहेको प्रहरी भनाइ छ । 'कागजपत्र नभएको, भन्सारै नतिरेको गाडी यार्डबाट कसरी बाहिरियो ?' एसपी लम्सालले भने, 'भन्सार कर्मचारीको संलग्नताबेगर सम्भव हुँदैन ।'
 
विराटनगर भन्सार कार्यालयले यार्डमा थुप्रिएको सामान जाँच गर्ने र कागजपत्र मिलाउने कर्मचारीमाथि आन्तरिक छानबिन थालेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले सामान जाँच नगरेको गाडी यार्डबाट निस्कनुमा कर्मचारीको कमजोरी रहेको स्विकारे । उनले दुई कर्मचारीलाई विभागीय कारबाही थालिएको जानकारीसमेत दिए ।
 
'प्रक्रिया पुर्‍याएर स्कर्टिङ गर्न लाइन लागेका मालवाहक गाडीको बीचमा त्यो गाडी छिराइएको थियो,' भन्सारप्रमुख बस्नेतले भने, 'हामी आन्तरिक छानबिन गरिरहेका छौं 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ