arrow

रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा, रोनाल्डोको सयौं युरोपियन गोल

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
ronaldo7.jpg

काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा साइप्रसको अपोईल निकोसियामाथि आधा दर्जन गोल बर्साउँदै रियाल प्रिक्वाटरफाइनलमा पुगेको हो । 

रियाललाई जिताउन क्रिष्टियानो रोनाल्डो र करिम बेन्जेमाले २–२ तथा लुका मोड्रिक र नाचो फर्नान्डेजले १–१ गोल गरे । 

रोनाल्डोको यो सयौं युरोपियन गोल हो । 

लिगको समुह एच बाट यसअघि नै नकआउट चरणमा पुगेको टोटनह्याम हट्सपरले मंगलबार राती बोरुसिया डर्टमण्डलाई २–१ ले हरायो ।

समुह इ को खेलमा लिभरपुल र सेभिल्लाले ३–३ को तथा स्पार्टाक मस्को र मारिबोरले १–१ गोल गरे । 

समुह एफ को खेलमा म्यान्चेस्टर सिटी र नापोली विजयी भए । यसअघि नै नक आउट चरणमा प्रवेश गरिसकेको इङ्लिस क्लव म्यान्चेस्टर सिटीले फेयनुर्डलाई १–० ले हराउँदा नापोलीले शख्तर दोनेस्कलाई ३–० ले पराजित गयो ।

समुह जी को खेलमा एफसी पोर्टोसँग १–१ गोलको बराबरी खेल्दै बेसिक्तास पनि अर्को चरणमा उक्लिएको छ । अर्को खेलमा आरबी लेप्जिगले मोनाकोलाई ४–१ ले हरायो । 

Luka Modric and Cristiano Ronaldo raise their arms in celebration after the former put Real Madrid in front at APOEL

Karim Benzema, pictured with Zinedine Zidane struck twice in the first half as Real seized control of the game in Nicosia

 

Defender Nacho split Benzema's goals when he found the net after a Real set-piece was only half cleared

 

Real frontman Benzema vies for the ball with APOEL's Ghayas Zahid as they skip away from Roberto Lago on the turf

Nacho gets up highest in the Real box to clear the danger as Raphael Varane and Toni Kroos watch on clsoe by

APOEL;s Praxitelis Vouros (R) and Jesus Rueda crowd out Benzema as they fight for the ball during the first halfThe Real players celebrate with the Croatian midfielder after he put them in front during the Champions League clash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ