arrow

बेल्डाँडीमा कम्युनिष्ट गठबन्धन त्यागेर चार दर्जन कार्यकर्ता काँग्रेस प्रवेश 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ मंसिर ६ बुधबार
congress-prabesh1.jpg

पुनर्वास । कम्युनिष्ट गठबन्धनमा आवद्ध भइ निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रप्रति असन्तुष्टि जनाउदै बेलडाँडीका ३ दर्जन बामपंथी कार्यकर्ता मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

सत्तामा पुग्नकै लागि गठबन्धनको बहाना बनाएर पुराना कार्यकर्ताहरुलाई ओझेलमा पार्दै सत्तालोलुप्तामा रमाउन नाटक गरेको आरोप लगाउदै नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेको स्थानीय बामपंथी हरुले बताएका छन् । 

मंगलबार नेपाली काँग्रेसले बेल्डाँडी गाउँपालिकाको वडा नम्बर १ मा आयोजना गरेको चुनावी सभामा करण महरा,करण धामी ,उद्वब धामी, गणेश चन्द, तिलक चन्द र नरबिर धामी नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका हुन् । 

त्यसरी नै सोही गाउँपालिकाको वडा नम्बर २ मा आयोजना गरिएको चुनावी सभामा चन्द्र बडुवाल,प्रेमसिंह साँउद, पदमसिह साउद लगायत ३३ जनाले नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस बकाँग्रेसका सभापती हर्कदेव जोशीको सभापतित्वमा बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभामा नव प्रवेशीहरुलाई निवर्तमान साँसद एवं प्रतिनिधि सभाका उम्मेदवार दिवानसिंह बिष्ट, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनकसिंह धामी र प्रदेश शभाका उम्मेदवार रामलाल रानाले स्वागत गरेका थिए । 

बाम गठबन्धनका विरुद्ध चुनावी प्रतिस्पर्धामा होमिएको काँग्रेसले निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो किल्ला कायमै राख्न प्रचारप्रसार प्रभावकारी बनाएको छ । 

पछिल्लो समय यता बामगठ्बन्धन भित्र देखिएको असन्तुष्टि बाट काँग्रेस बलियो देखिएको छ । 

फरक बैचारिक धरातल भएका बाम पार्टी बिचको गठबन्धन्बाट असन्तुष्ट बनेका कार्यकर्ताहरूको आकर्षण काँग्रेस तर्फ देखिन थाले पछि कञ्चनपुरमा काँग्रेसको स्थिती दरिलो बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ