arrow

विकास, समृद्धि र पिछडिएको वर्गको उत्थानमा लाग्नेछुः दानबहादुर पछाई

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
dan_bahadur.jpg

पाल्पा । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. १ ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार दानबहादुर पछाईले आफ्नो उम्मेदवारी विकास निर्माणसँगसँगै समृद्धि र पिछडिएको वर्गको उत्थानका लागि भएको बताएका छन् । घरदैलो अभियानका क्रममा उनले देशमा आर्थिक समृद्धिको समय आएको बताएका हुन् । 

पछिल्लो केही वर्ष देशका दक्ष युवा रोजगारीको लागि विदेश भौतारिरहेको अवस्थामा कृषिमा आधुनिकीकरण, प्राविधिक शिक्षा, घरेलु तथा साना उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । उनी भन्छन्, ‘उद्यमशीलताका माध्यमबाट देशमा प्रशस्त रोजगारी सिर्जना गर्न सकिन्छ । कृषि, पशुपालन र पर्यटनलाई योजनावद्ध रुपमा अगाडी बढाउन जरुरी छ ।’

२०१७ साउन १० गते साविक हुँगी गाविस वडा नं. ६ मा जन्मिएका पछाई २०३६ सालदेखी नेपाली कांग्रेसमा निरन्तर लागि परेका छन् । तत्कालिन समयमा बहुदल प्रचारप्रसार समितिको सहसचिव हुँदै विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पछाई दुई पटकसम्म जनप्रतिनिधिको रुपमा काम गरेका छन् । 

२०४९ सालमा हुँगीमा उनी वडा अध्यक्ष र २०५४ सालमा वडा सदस्यका रुपमा काम गरेका उनले नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको रुपमा काम गरिसकेका छन् । उनी एक निडर, कर्मठ र लगनशील राजनीतिज्ञका रुपमा परिचित छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ