arrow

पाँचथरमा इजाजत प्राप्त ३७ हतियार वेपत्ता

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
hatiyar.jpg

पाँचथर । जिल्लामा ६३ जनाले हतियार राख्न इजाजत प्राप्त गरे पनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन् । 

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपछि २० जनाको मात्र हतियार संकलन भएको हो । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार राख्ने इजाजत पाएका छन् । पछिल्लो पटक सार्वजनिक सूचना गरिएपछि २० जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइमा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । 

इजाजत लिएर विभिन्न व्यक्तिले राखेका ६३ मध्ये २० वटा हालै प्रहरीमा संकलन भएका, दुई वटा ०५२–६२ को द्वन्द्वताका तत्कालीन विद्रोही माओवादीले कब्जा गरेका र तीन वटा द्वन्द्वकालमै प्रहरीमा बुझाइएबाहेकका ३७ वटा हतियार कहाँ र कोसँग छन् भन्ने पहिचान हुन नसकेको प्रनाउ गौतमको भनाइ छ । 

पहिचान हुन नसकेका ३७ मध्ये पनि १३ जना इजाजत प्राप्त व्यक्ति जिल्लाबाट बसाइँसराइ गरेर अन्यत्र गएको तथ्यांक छ । यस्तै दुई जनाको मृत्यु भइसकेको छ । 

गौतमका अनुसार मृत्यु भएकाका आफन्तले ती हतियार आफूहरूसँग नरहेको प्रतिक्रिया दिने गरेको र २३ जना इजाजतप्राप्त व्यक्ति भने हालसम्म सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाको विभिन्न गाविसमा घर भई यसअघि मन्त्री, सांसद सुरक्षा निकायको उच्च ओहदामा रहेका व्यक्तिले हतियारको इजाजत लिएको पाइएको छ ।जसमध्ये पूर्वमन्त्री पद्यमसुन्दर लावती र पूर्वजिविस सभापति अइन्द्रविक्रम थाम्सुहाङको मृत्यु भइसकेको छ । उनीहरू दुवैजनाले इजाजत लिएर राखेका भए पनि मृत्यु पर्यन्त आफन्तले आफूसँग ती हतियार नभएको प्रतिक्रिया दिँदै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ