arrow

राजिवमय इनरुवा

logo
धनबहादुर पुरी,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
rajib_inaruwa.jpg

सुनसरी ।  सुनसरीका ब्राण्ड नाम हो राजिव कोइराला । त्यस माथि पनि इनरुवाका लागि राजिव एउटा कुशल नेता मात्र हैन अविभावक हो । नेपाली काँग्रेस सुनसरीमा दुई पटक चुनाव जितेका राजिव इनरुवामा हाईहाई छन । स्वच्छ छवि भएका राजिव इनरुवाका भरोसा हुन । सुनसरी क्षेत्र नम्वर २ ख बाट प्रदेश सभाका उम्मेदवार भएका राजिव नेपाली काँग्रेसका मात्र नेता होइनन् समग्र इनरुवाका नेता हुन । अहिले समग्र इनरुवाबासी भन्दैछन् लोकतान्त्रिक निष्ठाको सम्मान  राजीव कोइरालालाई मतदान । हो राजिव कोइराला पदका लागि भन्दा पनि जनताका लागि काम गर्ने नेता पनि हुन । 

राजिव कसैलाई पाखा र कसैलाई काखा पनि गर्दैनन् । निष्ठावान राजनीति गर्दै आएका राजिव सुनसरी क्षेत्र नम्वर २ का युवाहरुको ढुकढुकी हुन् । लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली राजीव कोइरालाको पारिवारिक विरासत हो । राणाशासनको जहानियाँ कालखण्ड होस् कि पञ्चायती निरङ्कुशता, त्यो बेलामा सुनसरीमा प्रजातन्त्रको दियो जोगाइराख्ने प्रतिबद्ध आदरणीय थोरै व्यक्तिहरूमध्ये एक थिए, डाक्टर केशरीराज कोइराला । 

राजीव उनै केशरीराजका जेठा छोरा हुन्, जो सुनसरी काङ्ग्रेसको इतिहासमा त्यागी नेताका रूपमा सदा स्मरणीय छन् । वाणिज्यशास्त्रमा स्नातक गरेका ५५ वर्षीय कोइराला जनताको सेवा र राजनीतिका लागि आर्थिक लाभको कुनै पेसा नअँगालेका व्यक्ति हुन् । उनी राजनीतिक आवरणमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारको जरो उखेल्न चाहन्छन् । राजनीतिका नाममा गरिने देखावटी, तडकभडक र सत्ता–स्वार्थका लागि जोसँग पनि गरिने सम्झौता राजीव कोइरालाको शब्दकोशमा छैन । जनताका पक्षमा संविधान अनुसारका ठोस कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने कोइराला त्यसका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा प्रदेशसभा सदस्य उम्मेदवार बनेका छन् । 

राजनीतिक रूपमा उनको जुन धैर्यता र उचाइ छ, त्यसलाई विश्लेषण गर्दै सुनसरीका युवाहरूले कोइरालालाई प्रदेश नम्बर एकको मुख्यमन्त्रीका रूपमा पनि हेर्न थालेका छन् ।  राजीव कोइराला सुनसरीको युवा–वृत्तमा ‘राजीव दाइ’का नामबाट सुपरिचित छन् । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा काङ्ग्रेसबाहेक अन्य दलका समर्थक युवाले समेत राजीव दाइका हकमा हामी पार्टी हेर्दैनौँ भन्दै दिनहुँजसो गरिरहेको पोस्ट समर्थनले पनि राजीव कोइरालाको लोकप्रियता छर्लङ्ग हुन्छ । राजनीतिमा प्रवेश गर्न चाहने नयाँ–पुस्ताका लागि राजीव कोइराला एक आदर्श व्यक्ति हुन् । उनलाई मत दिनु तपाई–हामीमा रहेको लोकतान्त्रिक आस्थाको सम्मान तथा एउटा निरन्तर राजनीतिक पृष्ठभूमिबाट उठेका, निष्ठा र सत्यका पक्षपाती युवालाई काम गरेर देखाउने अवसर दिनु हो ।

२०३५ सालमा नेपाल विद्यार्थी सङ्घ सदस्य तथा नेपाली काङ्ग्रेस सुनसरीको सचिव दुई कार्यकाल ,नेपाली काङ्ग्रेस सुनसरीको सभापति दुई कार्यकाल हालका पनि सभापति हुन । सुनसरी २ ख निर्वाचन क्षेत्रका प्रत्येक वडामा पक्की बाटो बनाउनुका साथै सुनसरीलाई प्रदेशिक राजधानी बनाउन पहल गर्ने अभियानमा जुटेका राजिवलाई एमाले, माओवादी लगायतका मधेशवादी दलहरुको पनि सहयोग रहने पक्का छ ।  एक घर एक रोजगारी, सुकुम्बासी समस्या उन्मूलन, पिछडिएको क्षेत्र, मुस्लिम, दलितलाई निःशुल्क खानेपानी र शिक्षा, विपन्न राहत कोष लगायतका योजनाहरु अघि सारेका राजिवलाई चुनाव जिताउन जनता लाग्न आवश्यक छ भन्नेहरुको संख्या इनरुवामा दिनानुदिन बढ्दो छ । 

राजिब प्रति बढेको जनलहर हेरेर जल्नेहरु जलिरहेका छन तर राजिब त्यस्ता नेता हुन जो अरुको कहिल्यै विरोध गदैनन् । तर यो पटक भने आफ्नै कार्यकालको उपसभापतिसँग चुनावी मैदानमा छन । केहि दिन अघिसम्म मात्र नेपाली काँग्रेसमा उपसभापति रहेका रामप्रसाद मेहेता टिकट नपाएको झोकमा एमालेबाट राजिवकै प्रतिष्पर्धी छन । इनरुवाबासी भन्छन् राजिवलाई चुनाव जित्न कुनै ठुलो कुरा छैन । स्थानीय निकायको चुनावमा काँग्रेसका राजन मेहेताले चुनाव जितेको ठाउँ भएको कारण पनि यो चुनाव सहज हुने काँग्रेसले दावी गदै आएको छ । सादा जिवन उच्च विचार राख्ने राजिव सुनसरी क्षेत्र नम्वर २ ख मा मात्र हैन प्रदेश नम्वर एकको मुख्यमन्त्री हुने हैसियतका नेता मानिन्छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ