arrow

राष्ट्रिय राजनीतिका लागि अत्यावश्यक नेता कण्डेल

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
kandel_nawalparasi.jpg

काठमाडौं । नेपाली राजनितिमा निकै चर्चत नाम हो देवेन्द्रराज कण्डेल (मुन्ना बाबु) । नेपाली काँग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शीर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचिरहेका नेता कण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गरेका छन् । 

राजनीतिमा नै जीवन समर्पण गरेका नेता कँण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाएका कण्डेल यतिबेला प्रतिनिधी सभा सदस्यको उम्मेदवार  हुन् । पार्टीमा प्रभावशाली एवम् काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कण्डेल अहिले प्रदेश नं.५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

यस निर्वाचन क्षेत्रमा उनको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उनको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा कण्डेलको निकै पकड भएको क्षेत्र मानिन्छ । यस अगाबैको दुई दुई पटकसम्म सोही क्षेत्रबाट निर्वाचित भई दुई पटकसम्म गृहराज्य मन्त्री हुँदा कण्डेलले गरेको कामले राष्ट्रिय चर्चा पाएको हो । कण्डेलले द्धन्द्धकालमा गृहराज्य मन्त्रीको भुमिकामा रहँदा सरकारको तर्फबाट  तत्कालीन अवस्थामा माओबादीका शीर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आएका थिए ।

सोही काम गरेर चर्चामा आएका कण्डेललाई सोही बखत द्धन्द्ध कालमा तत्कालीन माओबादीबाट १७ राउण्ड गोली प्रहार भई आक्रमणको प्रयास भएको थियो । यद्यपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल भए । यद्यपि कण्डेललाई त्यो बेला लागेको गोलीहरु मध्ये एउटा गोलीअझै पनि कण्डेलको छातीमा छ  । 

नेता कण्डेलको पृष्ठभुमी
वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कण्डेल र आमा धनदेवी कण्डेलको कोखबाट जन्मिनु भएका नेता कण्डेलको जीवनपनि संंंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण राजनीतिमै बिताएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल थिए । शैक्षिक योग्यताको हिसाबले उनी स्नातक तह उत्र्तीण छन् भने विगतमा अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिएका छन् । तर, कण्डेलकी हजुरबुवा साथै बुवा पृथ्वीराज कण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मारे । 

उनका बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रहेका थिए भने उनको हजुरबुबामा पनि पूर्व सांसद थिए । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रहेका विश्वेश्वर प्रसाद कोइरालाको सरकारमा उनका बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । तर, नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गरेका हुन् । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गरेका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी भएका छन् । 

केन्द्रीय राजनीतिमा नेता कँडेल 
साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वाचित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रिय बनेका थिए । त्यहीँ लोकप्रियताका कारणपनि उनलाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बिजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कण्डेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिई बिजयी बनेका थिए । त्यति बेला उनले (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गरेका थिए । 

यस्तै २०५६ मा भएको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट उनले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी भएको थिए भने उनका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गरेका थिए । दुईवटै निर्वाचनबाट बिजयी भएर उनले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन गिरिजा प्रसाद कोइरालाको सरकारमा उनले संसदमा सचेतकको भुमिका समेत निर्वाह गरेका थिए । यद्धपि उक्त समय देशमा माओबादी केन्द्रको सशस्त्र द्धन्द्ध काल चरम सिमा नाघेको थियो । सुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी सम्हाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा सम्हाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटकसम्म गृहमा राज्य मन्त्रीको जिम्मा कण्डेलले सम्हालेका छन् । सशस्त्रद्धन्द्ध कालमा शान्ति सुरक्षा कायम गर्नका लागि उनले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपरेको थियो । वि.सं २०६० भाद्र १२ गते काठमाडौमा उनीमाथि १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उनलाई शरीरको विभिन्न भागमा लागेको थियो । 

२०६० पछिको यात्रा 
अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उनले १ वर्ष निर्वासित जीवन बिताउनु पर्यो । तर २०६२÷६३ को आन्दोलनमा उनलाई पार्टीले काँग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उनले लुम्बिनी अञ्चलको कमाण्डर बनेर त्यतिबेला काँग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गरेका थिए । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उनको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो । 

२०७४ को निर्वाचन
नवलपरासी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा आफ्नो जित शुनिश्चित रहेको नेता कण्डेलको दावी छ । यस निर्वाचन क्षेत्रमा सरावल गाउँपालिकाको वडा नं.१, २ र ३, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाहरु रहेका छन् । यहाँ १ लाख ५ हजार ८ सय ६९ मतदाताहरु रहेका छन् । पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा उनको घर पनि हो । तर स्थानीय तहको चुनावमा उक्त गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्र बिजयी भएको छ भने उपाध्यक्षमा काँग्रेसले जितेको छ । यद्धपी पाल्हीनन्नद गाउँपालिकामा कांग्रेसले अहिले आफ्नो स्थितिमा  निकै सुधार ल्याएको देखिएको छ । यता रामग्राम नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांस वडामा कांग्रेसनै बिजयी भएको छ ।

यस्तै सुनवल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उमेदवार बिजयी भएका छन् । यस्तै सरावल गाउँपालिकाको वडा नं १, २ र ३ मा नेपाल लोकतान्त्रीक फोरम बिजयी भएको छ । तर उक्त गाउँपालिकाको फोरमका अध्यक्ष सहित फोरम नवलपरासीनै कांग्रेसमा बिलय भएको छ । यो अवस्थामा कांग्रेसलाई अहिलेको प्रतिनिधि सभा सदस्यमा सकस नहुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट उमेदवारी दिएका माओबादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादव र राजपाका केन्द्री उपाध्यक्ष गोबिन्द चौधरी उँहाको प्रतिद्धन्द्धी हुनुहुन्छ । तर मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेस र बाम गठबन्धन बिचनै प्रतिस्पर्धा हुने मतदाताहरुको आंकलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ