arrow

इलामबाट नेकपाका चारजना कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Hatkadi-2.jpg.jpeg

इलाम । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम नगरपालिका ५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं. ११ सोयाकका सञ्जिव फागो, वडा नं.१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् । 

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ