arrow

काँग्रेसले मात्रै जनताको समस्या समाधान गर्न सक्छ : नेता मन्सुर

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
mansur2.jpg

कलैया । श्रम तथा रोजगार मन्त्री एवम नेपाली काँग्रेसबाट बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मन्सुरले बुधबार विहान घरदैलो कार्यक्रममा स्थानीयहरुसँग कुराकानी गर्दै मुलुकको भलो गर्ने पार्टी नेपाली काँग्रेसलाई आम जनताहरुले रोजेको बताएका छन् । 

कलैया उपमहानगरपालिकाको वडा नं. ६ र ९ मा आयोजना गरिएको घरदैलो कार्यक्रममा सम्पुर्ण समुदायको हक अधिकारलाई सुनिश्चित नेपाली काँग्रेसले गरेकोले जनताहरुले काँग्रेसलाई रोजेको बताए । नेपाली जनताहरुलाई फकाउनको लागि नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेपनि वाम गठबन्धनलाई कदापि पनि नस्वीकारी जनताहरुले काँग्रेसलाई नै रोजेको बताए । नेपाली काँग्रेससँग प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पराजित हुने अवस्था देखिएपछि वाम गठबन्धन गरेको बताएका हुन । 

उनले जनताले मुलुकमा विकास, आर्थिक समृद्धि चाहेको छ, त्यसलाई नेपाली काँग्रेस एक मात्र पार्टी जनताको त्यो सपना सकार गर्छ । मन्त्री मन्सुरले भने त्यही विकासको लहर ल्याएको काँग्रेसको पक्षमा जनलहर आएको छ । घरदैलो कार्यक्रममा मन्त्री मंसुर सहित क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार जयचन्द्र चौरसिया, कांग्रेसका नगर सभापति पुरुषोतम सिंह पाण्डे, प्रवेज आलम अंसारी लगायतकाको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ