arrow

निर्वाचन : पहिलो चरणको मौन अवधिमा दोस्रो चरणकालागि प्रचार गर्न पार्इन्छ कि पार्इँदैन ?

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले आगामी आईतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणमा हुने निर्वाचनको लागि मौन अवधि तोकेको छ । पहिलो चरणमा हुने निर्वाचनको लागि आयोगले चुनावको ७२ घण्टा अघिदेखि मौन अबधि सुरु गर्ने तयारी गरिरहेको छ । तर, यस पटक सञ्चारमाध्यम र राजनीतिक दलहरुले दुई पटक मौन अवधिको नियम पालना गर्नुपर्ने भएकोछ । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु भएसँगै दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा समेत मौन अवधि लागू हुने बताए । उनले यस विषयमा धेरै अस्पष्ट रहेको भन्दै विज्ञप्ती नै निकाल्ने तयारीमा आयोग रहेको पनि बताए । 

एउटा निर्वाचनको प्रचारप्रसारले निर्वाचनमा प्रभाव पार्न सक्ने भएको भन्दै मौन अवधिमा कुनै पनि प्रचारप्रसार गर्न नपाउने व्यवस्था गर्न लागेको प्रवक्ता ढकालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ