arrow

प्रधानमन्त्री देउवाले भेटे निधिलाई, गरे स्वास्थ्य लाभको कामना 

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
deuba6.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । आज बिहान नै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिए । 
कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् । 

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए ।  त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ गत सोमबार राजधानी आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ