arrow

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् । 

जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरुले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । यहाँका राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् । 

प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पप्लेटले दुलही झैँ सिङ्गारिएका छन् । 

यस्तै पाटन बजार, सतबाझ, देहिमाडौँ, खोडपे बजार, खोचलेक बजार लगायतका क्षेत्रमा पनि झण्डाको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भए पनि केही दलले चुनावी सभा पनि विद्यालयमै गरेका छन् । 

निर्वाचनमा प्रचारप्रसार चर्को आवाजसहित गर्ने, नारा लगाउन बालबालिकाको प्रयोग गरेका पाइएको छ । कतिपय ठाउँमा सरकारी पदधारण गरेका व्यक्ति, शिक्षक, कर्मचारी, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएका देखिन्छन् । 

निर्वाचनको आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भए पनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन जस्तै बनेको छ । सम्बन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताको घटनामा वृद्घि हुँदै गएको हो । 

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे आफूले पनि सुनेको र कसैको उजुरी नआएकाले केही कार्वाही हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । निर्वाचन आचारसहिंता अनुगमन समितिका संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले भने, “विभिन्न ठाउँमा आचारसंहिता विपरीत काम भइरहेको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ