arrow

चार डिआइजी एआइजीमा बढुवा, कसलाई कहाँ खटाइयो ?

बैतडीका भट्टलाई देउवाले हेडक्वार्टर ल्याए

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
AIG_sab.JPG

काठमाडौं । सरकारले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । वुधबारको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो । बढुवा गरेका नेपाल चार एआइजीलाई वुधबारै जिम्मेवारी तोकिएको छ ।

मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठको बढुवालगत्तै पदस्थापन भएको हो । उनीहरुको पदस्थापनसँगै दुई एआइजीको सरुवा समेत भएको छ । पुडासैनी प्रदेश नम्बर ५ को इन्चार्ज भएका छन् ।

नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ । प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालय तानिएको छ ।

चुनावका बेला बैतडीका भट्टलाई आफ्नै गृहजिल्ला रहेको प्रदेशमा राख्दा विरोध हुनसक्ने भन्दै प्रधानन्त्री शेरबहादुर देउवाले ७ नम्बरमा एआइजी नेपाललाई पठाएका हुन् । माअाेवादी मन्त्रीहरुलाई विनाविभागीय बनाएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्रालयकाे जिम्मेवारी अाफै सम्हालेका छन् ।

यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी दिइएको छ ।

गएको कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान छ । यद्यपि, यी चारजनाविरुद्ध कसैको पनि उजुरी परेन । उजुरी नपरेपछि सरकारलाई निर्णय गर्न सजिलो भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ