arrow

७७ वर्षीया आमा भन्नुहुन्छ : चन्द्रको प्रकाश छर्न पवनको बेगमा घरदैलोमा हिँड्दैछु

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
aama_lalitk.jpg

काठमाडौं । घरदैलो अभियानको क्रममा ललितपुरमा एक ७७ वर्षीया आमा हिरामाया महर्जन चुनावी घरदैलो अभियानमा भेटिनु भयो । उनीमा कुनै १७ वर्षे यौवन जोशलाई मार खुवाउने जोश देखिन्थ्यो । ७७ वर्षमा घरमा छोरा बुहारीको खटनपटनबाट पीडितहुने आमाहरु मध्ये पर्नुहुन्नथ्यो उहाँ उनी किनकी उनीमा चुनावी माहोलमा देखिएको जोशले उनको बुढ्यौलीले अझै पनि कोल्टे फेरिसकेको छैन । 

उनी दिनदिनैको घरदैलोमा सक्रिय हुनुहुन्छ र काँग्रेसका उम्मेदवार चन्द्र महर्जनको पक्षमा मत माग्दै पूरै घरका मतदातासँग एक भोटकोलागि आग्रह गर्नुहुन्छ । सेतो कपाल फुलेको, हल्का निलो फरिया चोलोमा बुढी आमा साँच्चिकै कम्ती जाँगरिली देखिनुहुन्न । 

तिनै आमा हिरामायाले सधैं घरदैलोको फोटो खिचिरहने लेखकलाई बोलाएर भन्नुभयो 'ए बाबु मेरो पनि एउटा फोटो खिच्नु अनी घरमा सजाएर राख्छु मलाई ल्याइदिनु है ?'  उनको यो भनाईमा उनी आफ्नो फोटो घरमा सजाउनको लागि पनि शौखिन देखिईन् । हामीले पनि सोधिहाल्यौं 'तपाईं बुढी मान्छे दिन्दिनै घरदैलो कार्यक्रममा हिँड्नु हुन्छ, थाक्नु भएको छैन ?' 

उहाँले भन्नुभयो 'बाबु, मेरो घर छेउको हिलाम्मे बाटो यही काँङ्ग्रेसले बनायो, बाटोमा घामबाट चल्ने बत्ती बाल्यो, नातीहरुको स्कुलमा नयाँ भवन बनायो। अब फेरि पनि काङ्ग्रेसलाई जितायो भने सबै तिर बिकास हुन्छ भनेर हिँडेको। म थाकेको छैन ।' 

कस्लाई भोट हाल्ने हो त, उम्मेदवार को हो चिन्नु हुन्छ ? भन्ने प्रश्नको जवाफमा बुढीआमाले भन्नुभयो 'म भोटमा उठेको मान्छे त चिन्दिन, तर चार तारा भाको र जहाँ जहाँ रुख हुन्छ त्यही त्यही भोट हाल्ने हो।'

'अनी बुढी मान्छे गाह्रो हुँदैन यो चिसोमा दिनदिनै यसरी हिँड्न तपाईंलाईू हाम्रो यो प्रश्न मुखबाट निस्कन नपाउँदै उहाँको उत्तर आयो 'बाबु , म चार तारा र रुख बोकेर न्याय र विकासको लागि मन्दिर धाएको छु। किन दुस्ख हुन्छ र मलाई ? '

बुढीआमासँगको भलाकुसारीबाट बुझियो कि उहाँको मन्दिर भनेको मतदाताहरुको घर रहेछन। उहाँले प्रतीकात्मक रुपमा भनेको एउटा वाणी मनमा खेलिरह्यो म उम्मेदवार नचिनेपनि चन्द्रको प्रकाश छर्न पवनको बेगमा घरदैलो अभियानमा हिँडेको छु । उनले नचिनेरै भनेपनि उनले भनेको चन्द्रको ज्योति उम्मेदवार चन्द्र महर्जनको ज्योति बनेर जानेमा कार्यकर्ताहरु भने मख्ख छन् । 

Image may contain: 6 people, people smiling, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ