arrow

काँग्रेस मुलुकको पहिलो पार्टी बन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
gopalman-new-FNL.JPG.jpeg

स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मुलुकको इतिहास रचेको काँग्रेस फेरी ठुलो पाटी बन्ने दावी गरेका छन् । स्याङ्जा क्षेत्र नं. २ को प्रदेश सभा २ स्थित चापाकोट नगरपालिका ७ मा चुनावी सभालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले बामगठबन्धन दिगो नवन्ने देखिसकेकाले काँग्रेस ठुलो शक्तिको रुपमा उदय हुने बताएका हुन् ।

 प्रतिनिधि सभाका लागि उमेदवार समेत रहेका श्रेष्ठले देशभरी काँग्रेसका प्रवेशको लहर आएको खवरले नेपाली जनताले काँग्रेसलाई ठुलो शक्तिको रुपमा देख्न चाहेको बताए । मुलुकका हरेक परिवर्तनका आन्दोलनमा अगुवाको भुमिका निर्वाह गरेको काँग्रेसलाई जुनसुकै शक्ति आएपनि रोक्न नसक्ने ठोकुवा गर्दै मन्त्री श्रेष्ठले काँग्रेस पराजय भयो भने लोकतन्त्र धरापमा पर्ने उल्लेख गरे ।

समावेसी, समानता र विकासलाईलाई नजिकबाट नियाल्दै आएको काँग्रेसलाई २०७४ को निर्वाचनले ठुलो शक्तिमा परिणत गर्ने दावी गरे । कुनै गठबन्धनले काँग्रेसलाई कमजोर नवनाउने बताउदै देशका हरेक विकासमा काँग्रेसको नेतृत्वमा हुदै आएको बताए । दुईपटक सम्म संविधान सभाको निर्वाचन भएको मुलुकमा पहिलो निर्वाचनमा कम्युनिष्ट सरकारले संविधान दिन नसकेको स्मरण गर्दै मन्त्री श्रेष्ठले दोस्रो संविधान सभाको निर्वाचन पछि काँग्रेसको नेतृत्वमा बनेको सरकारले संविधान दिएको बताए । निर्धक्क भएर निर्वाचनमा मतदान गर्न आम मतदातालाई आग्रह गर्दै मन्त्री श्रेष्ठले काँग्रेसको विजयी नै नेपाली जनताको विजयी भएको बताए ।

चुनावी सभामा प्रतिनिधि सभाका समानुपातिक उमेदवार मोहनप्रसाद पाण्डेले स्याङ्जाको समृद्धका लागि काँग्रेसलाई विजयी बनाउनु पर्ने बताए । जिल्लाका हरेक विकास निर्माण काँग्रेसकै पहलमा भएको स्मरण गराउदै सबै कार्यकर्ता एकजुट भएर काँग्रेसलाई जिताउन आग्रह गरे । क्षेत्र नं. २ को प्रदेश सभा २ का उमेदवार भागवतप्रकाश मल्लले यो प्रदेशलाई नमुना बनाउने प्रतिवद्धता व्यक्त गरे । सबै तरुणहरुको नेतृत्व गर्दै पाटीले चुनावी मैदानमा खटाएको बताउदै नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष समेत रहेका मल्लले सबै तरुणहरुलाई खटेर काँग्रेसलाई विजयी बनाउन आग्रह गरे ।

चुनावी सभामा माओवादी र एमाले पाटी परित्याग गर्ने दुई दर्जन युवाहरु काँग्रेसमा प्रवेश गरेको प्रदेश सभाका समानुपातिक उमेदवार मेखलाल श्रेष्ठले जानकारी दिए । काँग्रेसमा प्रवेश गर्ने युवाहरुलाई उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले माला र अविर लगाएर भित्राएका थिए ।

चुनावी सभामा समानुपातिक उमेदवार माया राना, वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारी, भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्मचार्य, क्षेत्रिय सभापति इश्वर खाँण लगायतका बक्ताहरुले मंसिर २१ को निर्वाचन पछि स्याङ्जा काँग्रेसमय हुने बताएका थिए । चुनावी सभापछि उमेदवारहरु मतदाताको घरदैलोमा पुग्दै जनताको समस्याको पहिचान सगै भोट माग्नेमा व्यस्त रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ