arrow

पर्सा ४ मा काँग्रेसले गरायो पार्टी प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण  कुर्मीले बुधबार कालीकामाई गाउँपालिका अन्तर्गतको बिरञ्चीबर्वामा घरदैलो कार्यक्रम गरेका छन् ।

आसन्न निर्वाचन को परिणाम आफ्नो पक्षमा पार्न काँग्रेसले बिभिन्न ठाउँहरुमा गरिहेको घरदैलो कार्यक्रममा सर्वसाधारण जनता काँग्रेस माथि अन्य दल भन्दा बढी विश्वास गरेको प्रदेश सभा सदस्य पदका बशिष्ठ नारायण कुर्मीले बताए ।कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल, प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण  कुर्मी, नविन सिँह, श्रीकान्त यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ