arrow

प्रधानमन्त्रीले भने 'केपी ओलीजी त भोट हालेपछि पनि चुनाव हुन्छ कि हुँदैन ? भन्नुहुन्छ'

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
PM_fedretion.jpg

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि आरोप लगाएका छन्। बुधबार नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले भनेका छन् 'केपी ओलीजीले त मतदान गरिसकेपछि पनि चुनाव हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नु हुन्छ।'

बाहिर आएजस्तो चुनाव सार्ने हल्लामा सत्यता नभएको उनले दाबी गरे। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिले आफ्ना विभिन्न मागहरु सहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको थियो। प्रतिनिधिमण्डलसँगको भेटमा विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै प्रधानमन्त्रीले त्यसको खण्डन गरेका छन्। 

‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो। उनले किन यस्तो हल्ला चलाइरहनुभएको हो रु मैले बुझेको छैन।’ प्रधानमन्त्रीले भने। भेटपछि महासंघका अध्यक्ष गोविन्द आचार्यले आफूहरुले पक्राउ परेका पत्रकारहरुको रिहाई, श्रमजीवि पत्रकारको माग, चुनावका क्रममा पत्रकारहरुको लागि उपयुक्त व्यवस्थापन लगायत विषयमा आफूहरुले माग राखेको बताए। पत्रकार महासंघको नाममा सरकारले दिने अनुदान रोकिएको प्रति पनि आफूहरुले आपत्ति जनाएको आचार्यले जानकारी दिए। प्रधानमन्त्रीसंगको भेटको क्रममा महासचिव रमेश विष्टले  विभिन्न २७ वुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ