arrow

ईनरुवाको मुस्लीम टोल नै काँग्रेसमा प्रवेश, कार्कीले गरे स्वागत

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
muslim.jpg

मंसिर । अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्न सुनसरी क्षेत्र नम्बर चारमा उमेदवारको रुपमा उभिएपछि अन्य पार्टी परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ ।

ईनरुवा नगर पालिका वडा नम्बर ४ मा रहेको मुस्लीम टोलका सम्पूर्ण मुस्लीम समुदाय मंगलबार पार्टी प्रवेश गरेका हुन् । उनिहरुले एमाले र माओवादी पार्टी छाडेका हुन् । जम्मा तिस घर रहेका उक्त टोलबासीहरुलाई मन्त्री कार्कीले माला र अविर लगाएर स्वागत गरेका थिए ।

यसैगरी ईनरुवा नगरपालिकाको एमालेका नगर उपाध्यक्ष रन्धीर चौधरी लगायतको टिम पनि काँग्रेसमा प्रवेश गरेका छन् । बराहनगरपालीका वडा नम्बर ७ बुद्धचौकमा सम्पन्न कोण सभामा तिन दर्जन अन्य पार्टीका कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । यसैगरी कार्कीको चुनावी घरदैलो कार्यक्रमको शिलशिलामा आयोजित कोणसभामा बराहनगरपालिका वडा नम्बर ८ महेन्द्रनगर चक्रघटीमा पनि एक दर्जन फोरम लोकतान्त्रीकका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

त्यस्तै वडा नम्बर ८ जितपुरमा पनि दुई दर्जन कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा लाग्ने प्रण गरेका छन् । सवैभन्दा धेरै बराहनगरपालिका वडा नम्बर ९ र १० बाट ४४ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जसमा धेरै जसो एमाले, माओवादी र नयां शक्ति पार्टीलाई उनिहरुले छाडेका हुन् ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर देखेर विपक्षीहरु हतास बनेको नेपाली काँग्रेसका जिल्ला सल्लाहकार इरफान मिया अन्सारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ