arrow

धनगढीलाई आकर्षक शहर बनाउने आरजुको उद्घोष

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
aarju.JPG

कैलाली । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५  प्रतिनिधिसभा सदस्यका उम्मेदवार आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने उद्घोष गरेकी छन् ।

धनगढी उपमहानगरपालिका–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाएर मुलुककै आर्कषक शहरका रुपमा विकसित गर्ने योजना रहेको सुनाइन् ।

कैलालीका धेरै किसान कृषिमा आवद्ध भएको बताउँदै उनले यही जिल्लामा मलखाद उत्पादन गर्ने कारखाना स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।

राणाले कैलाली कञ्चनपुरका नाका व्यवस्थित गर्न, पञ्चेश्वर परियोजना, गेटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र सेती परियोजनादेखि सुख्खा बन्दरगाहासम्मका योजना अघि सारेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ