arrow

बारामा तीन हजार मेट्रिक टन गहुँको बीउ चाहियो

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
ganhuko.jpg

कलैया । यो वर्ष बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ ।

कूल दुई हजार नौ सय मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने कार्यालय प्रमुख शिवरत्न साहले बताए । जिल्लामा रहेका नौ वटा बिजन संरक्षण संस्था मध्ये बोधीमाई कृषि सहकारी संघ महेशपुरले मात्र ३० मेट्रिक टन बीउ संरक्षण गरेर राखेको छ ।

सो संस्थाले जम्मा ४० मेट्रिक टन, अनुदानबाट बिक्री हुने १९४ मेट्रिक टन र राहतस्वरुप वितरण गर्ने १५० मेट्रिक टनबाहेक अपुग भएको बीउ कृषक आफैँले संरक्षण गरेर राखेको साहले बताए ।

बारामा गहुँको बीउ र खेती गर्नका लागि डिएपी मलको अभाव नहुने साहको भनाइ छ । जिल्लामा गत आवमा कूल २९ हजार हेक्टरमा विभिन्न जातको दुई अरब २३ करोड १५ लाख ५० हजार बराबरको ८२ हजार ६५० मेट्रिक टन गुहँ उत्पादन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ