arrow

इलाममा कांग्रेस प्रवेशको लर्को : झलनाथ, सुवास दुबै समस्यामा

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
ilam.jpg

इलाम ।  प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा इलाम क्षेत्र नम्बर १ मा बिभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गर्ने क्रम बढ्दै गएको छ ।

निर्वाचनको नजिक एमाले–माओबादीका धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रबेश गर्ने लहर बढेपछि कम्युनिष्ट गठबन्धन आत्तिन थालेको काँग्रेसले जनाएको छ । यसैक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिका स्थित पशुपनिगर साविकको वडा नम्बर २ मा बिभिन्न पार्टीमा आबद्ध ८० घरपरिवारबाट तीनसय जनाभन्दा बढि नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

पार्टी प्रबेश गर्नेमा संघिय समाजबादी, एमाले र माओबादी केन्द्रका बढि रहेका छन् । एमालेको सरकार बन्दा तथा सोहि क्षेत्रबाटै पटक पटक चुनाव जितेर प्रधानमन्त्रि समेत बनेका एमाले नेता झलनाथ खनालले आफू सरकारमा हुँदा समेत बिकास निर्माण तथा कृषि, पर्यटन लगायतका कुनैपनि क्षेत्रमा काम नगरेकाले अबको निर्वाचनमा नेपाली काँग्रेसमा उचित, उर्जावान, सालिन र विकासवादी नेता पाएकाले यहाँका अन्य दलका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको काँग्रेस नेता मिलन क्षेत्रीले बताए ।

सालिन, समझदार र विकासवादी तथा समाजसेवी नेताका रुपमा छबि बनाएका काँग्रेसका नेताहरु क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकाले अन्यपार्टी छोडेर काँग्रेस प्रवेश गर्नेको संख्या बढेको क्षेत्रीको भनाई छ । यसैक्रममा क्षेत्र नम्बर १ को (१) मा काँग्रेसका उम्मेदवार देवेन्द्र राई सहितको टोलिले बुधबार सूर्योदय नगरपालिका अन्तर्गत फिक्कल बजार, याङ लगायतका क्षेत्रमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

 
त्यस्तै  पुर्व सभामुख सुभाष चन्द्र नेवाङको क्षेत्र ईलाम नगरपालिका ९ को गोलखर्क भञ्ज्याङमा र सबिक वडाकै गोदाबरी चोक मा घरदैलो आयोजित कार्यक्रममा विभिन्न पार्टि परित्यागगरी १ सय जना भन्दा बडी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रबेशिहरुलाई नेपाली कांग्रेस ईलाम क्षेत्र न २ को  बाट प्रदेश सभा का उमेदवार डम्बर खड्का तथा पूर्व साम्सद सुजता परीयारले टिका तथा माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

 कार्यक्रममा वोल्दै डम्बर खड्काले आफुले सबै बर्गलाई समेटेर लाने र युवाहरुलाई स्वरोजगार हुने बातावरण बनाउने बताएका थिए । उक्त कार्यक्रम मा उपस्थित कार्यकताको एउटै आवज थियो "खानेपनी को समस्या " त्यसलाई पनि आफुले समाधान गर्ने मा बिश्वस्त रहन गोलखर्क बासीसँग प्रतिबद्धता जायर गरेका थिए ।


यस अघि  खड्काले बिहान इलाम बजारमा घरदैलो कार्यक्रम गरेका थिए । पार्टी, कार्यकर्ता र पार्टीका शिर्ष नेतृत्व सहित निस्किएकको टोलिले इलाम बजारकका सबै ठाउँमा घरदैलो कार्यक्रम गरेको हो । घरलैलो कार्यक्रमको क्रममा पुग्दा उम्मेदवार खड्कालाई मतदाताले विकासका काममा ध्यान दिन आग्रह गर्दै समस्याहरु सुनाएका थिए । उम्मेरद्धार खड्काल् आफुले चुनाव जितेको खण्डमा जनताको पहरेदार भएर काम गर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ