arrow

निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ : गच्छदार

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Bijaya_Gachhadar.jpg.jpeg

विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गञ्छदारले सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा निकायलाई सक्रिय बनाई सुरक्षित, स्वच्छ, भयरहित, निश्पक्ष एवं शान्तिपूर्ण वातावरण मंसिर १० र २१ गते हुने निर्वाचन सम्पन्न गर्ने बताए ।

नेपाली काँग्रेसका नेतासमेत रहनुभएका गच्छदारले मुलकको केही क्षेत्रमा भएको निर्वाचन विरोधी गतिविधिका कारण निर्वाचनको मिति नसर्ने बताउँदै वर्तमान सरकार शान्तिसुरक्षा कायम राखी स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्न दृढ रहेको छ, भने ।

एक प्रश्नको जवाफमा उनले शान्ति सुरक्षालाई ध्यानमा राखी सरकारले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य हो भन्दै अतिआवश्यक सेवामा रहेका कर्मचारीहरुलाई सरकारले चाहेको बखत सरुवा गर्न सक्ने बताए । आगामी २१ गते दोस्रो चरणको निर्वाचन हुनु अघि नै जिल्लामा काँग्रेस र मधेशवादी दलबीच सिटको तालमेल र सहकार्यको लागिक सहमति हुने उनको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ