arrow

राजेन्द्र महतो भन्छन्–२१ गते जनकुपरका मतदाता सबैको हातमा ‘बन्दुक’ हुनेछ

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
rajendra_mahato.JPG

जनकपुर । राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य एवं धनुषा ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले बन्दुकको भन्दा बढी ताकत व्यालेटमा हुने बताएका छन् ।

जनकपुरमा आयोजित चुनावी सभालाई मैथिली भाषामा सम्बोधन गरेका महतोले स्थानीयलाई पटक–पटक बन्दुक र व्यालेटको शक्तिको तुलना गरेर रिझाउने प्रयत्न गरे ।

उनले भने, ‘२१ गते सबैको हातमा बन्दुक हुनेछ । त्यो बुलेटको बन्दुक होइन । व्यालेटको बन्दुक हुनेछ । त्यो दिन हाम्रो हातमा भएको बन्दुकले अन्याय, अत्याचार र विभेद गर्नेहरुलाई ठेगान लगाउने छ ।’

महतोले २१ गतेको दिन धनुषाका मतदाताले राज्यसँग हिसाब किताब माग्ने समेत बताए । उनले भने, ‘२१ गतेका दिन धनुषाका स्थानीयले एउटा त्यस्तो अस्त्र प्रयोग गर्ने छन् । जसले हिसाब किताब बराबर गर्ने छ ।’

मधेस विरोधी संविधानको पक्षमा लाग्ने र  संशोधनविरुद्ध उभिनेहरुलाई व्यालेटले सजाय दिनेछ, महतोले अगाडि भने, ‘तिनलाई ठेगान गलाउने दिन आइसकेको छ ।’ यस्तो मौका पछि आउँदैन ।’ महतोसँग काँग्रेसबाट पूर्व उपप्रधानमन्त्री समेत रहेका विमलेन्द्र निधि प्रतिस्पर्धामा छन् ।

२ नम्बर प्रदेशमा राजपा र संघीय समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार उठाएका छन् । स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरमा राजपाले मेयर जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ