arrow

कांग्रेसले गर्‍यो पञ्चेबाजासहित घोराहीमा घरदैलो

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
ghorahi.jpg

घोराही । आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले घोराही बजारका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेस तर्फबाट प्रतिनीधी सभा उम्मेदवार राजु खनाल र प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमीरेले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को भरतपुर क्षेत्रमा बुधबार घरदैलो गरिरहेका छन् ।

बुधवार विहान उन्नतीनगर टोलमा ग्रहशान्ती गर्दै जितको कामना सहित पूजापाठ गरेर आजको प्रचार सुरु गरिएको हो । टोलका अगुवा पाण्डव खनालको अगुवाईमा पूजापाठसहित प्रचार सुरु थियो । वुधवार विहान भरतपुर क्षेत्रको उन्नतीनगर टोल, अन्नपूर्ण टोल, तल्लो भरतपुर, दाङ भ्याली कजेट आसपास, भिमसेन टोल, गणेश टोल, राप्ती टोल लगायत विभिन्न स्थानमा उम्मेदवारहरुले घररदैलो गरेका छन् । पञ्चेवाजा सहित कांग्रेसका उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार सहित नेताहरुलाई कांग्रेसको जित सुनिश्चीत भएको भन्दै टिका र फूलमालाले भव्य स्वागत गरेका थिए । मतदाताहरुले यस क्षेत्रकालागि धेरै विकासका योजना ल्याने खनाललाई विजयी बनाउने बताएका थिए । खनालले आँफूहरुले गरेको बाचा पुरा गर्ने नेता खनाल भएकाले अब पनि उनलाई नै मत दिएर विजयी बनाउने बताए । ‘२०७० सालको निर्वाचनमा संविधान ल्याउछौ मलाई विजयी बनाउनुस् भन्नुभयो विजयी बनायौ’ एक मतदाताले भने–‘त्यसैले अब यस क्षेत्रको विकासकालागि यहाँको समृद्धिकालागि उनलाई नै मत दिएर विजयी बनाउछौ ।’ यस क्षेत्रको हरेक विकास कांग्रेसले गरेको भन्दै मतदाताहरुले अझै विकास गर्न अनुरोध गरेका थिए ।    

मतदाताहरुसँग खनालले ‘तपाईहरुले संविधान बनाउने जिम्मा दिएर पठाउनुभयो संविधान दियौ अब फेरि विजयी बनाउनुस् तपाईहरुले विकास र समृद्धि पाउनुहुन्छ’ भन्दै मत दिन अनुरोध गरेका थिए । उनले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने भन्दै विजयी बनाउन अनुरोध गरे।

यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार कमलकिशोर घिमीरेले पनि मतदाताहरुलाई विकास र शान्ति दिने प्रतिवद्धता सहित मत मागेका छन । यी विभिन्न टोलका मतदाताहरुसँग उनले विकास, शान्ति र समृद्धिकालागि विजयी बनाउन अनुरोध गरे। घिमीरेलाई पनि विजयीको शुभकामना सहित फूलमालाले स्वागत गरिएको थियो । सँयौको सहभागितामा १५ नम्बर वडाका विभिन्न स्थानमा घरदैलो भईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ