arrow

एकदलीय कम्युनिष्ट व्यवस्था जनतालाई स्वीकार्य छैन : पौडेल

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
poudel4.jpg

सुन्दरबजार (लमजुङ) । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्रले संसदीय व्यवस्था स्वीकार्ने शक्तिले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको बताएका छन् । नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले बुधबार खत्रिठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न खोजेको आरोप लगाएका छन् । “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, कम्युनिष्टपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”–वरिष्ठ नेता पौडेलले भने ।
 
वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग देश र जनताको माया नभएको बताए । उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरे ।
 
नेपाली काँग्रेस गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वाबलम्वन बनाउन चाहेको उनको भनाई थियो । उनले संसदीय प्रणालीलाई व्यवस्थालाई वेवास्था गर्ने र एकदल लाद्नखोज्ने एमालेलाई जनताले धुलो चटाउने बताए  । संसारमा थोत्रो भएर फालिएको कम्युनिष्ट व्यवस्थालाई जनताले स्वीकार्न नसक्ने पौडेलले बताए ।

उनले राष्ट्रलाई बलियो र उन्नति गर्ने राजनीतिक सिद्धान्त, नैतिक मूल्य र मान्यता भएको पार्टी चाहिएको र अहिले काँग्रेस मात्रै त्यस्तो पार्टी देखिएको भन्दै काँग्रेसविनाको मुलुक  कल्पना गर्न नसकिने बताए । “बहुदलीय पद्धतिमा आएको कम्युनिष्ट फेरी एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछ, यसलाई रोक्नका लागि भएपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ,”– नेता पौडेलले भने।

उनले मुलुकका हरेक परिवर्तन नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्ध राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने बताए । नेता पौडेलले काँग्रेसहरु एक भए देशभर काँग्रेसको बहुमत आउने एक भएर निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे । उनले दश वर्षे द्धन्द्धकालमा कम्युनिटले गरेको व्यवहार हेरेर मतदान गर्न जनतालाई आग्रह गरे ।

नेता भट्टराईले काँग्रेसले विकास गरेन भन्नेलाई आफै विकास गरेर देखाउन चुनौती दिए । उनले काँग्रेसले वृद्धभत्तालाई काँग्रेसले पाँच हजार पुर्याउने बताए ।

नेपाली काँग्रेस लमजुङ प्रतिनिधि सभाका उम्मेदवार दिलबहादुर घर्तीले कम्युनिष्ट शासन हटाएर देश विकास गर्नु काँग्रेसको अभियान भएको बताएका छन् ।  

नेता घर्तीले मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताए । “हत्या हिंशा रोक्नु, गरिबलाई धनी बनाउनु, आर्थिक सम्बृद्धि बनाउनु अबको मुख्य लक्ष्य हो,”– उनले भने।

लमजुङको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताए । “काँग्रेसले जितेमात्र लमजुङको विकास हुन्छ,”– उनले भने । उनले विकासप्रेमी नेतालाई भोट दिने कि विध्वंशकारी शक्तिलाई भोट दिने जनताले फैसला गर्नुपर्ने बताए ।

काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागिपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उनले भने । उनले लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले कम्युनिष्ट एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताए । “कम्युनिष्ट गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन्, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ,”– उनले भने।

कार्यक्रममा काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, राप्रपाका सहमहामन्त्री हेमजंग गुरुङलगायतले लमजुङ जिल्लालाई काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ