arrow

सशस्त्रका डिआइजी भन्छन् : चुनावकाे सुरक्षा योजना परिवर्तन भएको छैन

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
APF.gif.gif

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन तहको सुरक्षा घेरा अन्तर्गत मध्ये घेरामा रहने सशस्त्र प्रहरीले सुरक्षा योजना परिमार्जन नगरेको बताएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्ड्यले सुरक्षा योजनामा कुनै तलमाथि नभएको हुन् । देशभर बम आक्रमणका घटना बढेपछि पहिलेको सुरक्षा योजना नै परिवर्तन गर्नु परेको चर्चा भइरहेको छ ।

उनले भने, ‘विष्फोट र आक्रमणका घटनाले सुरक्षा प्रबन्धमा चुनौती रहेको भएपनि सुरक्षा व्यवस्थामा कहीँ कतै कमजोरी छैन । भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था हामी गर्छौ । मतदातालाई निर्धक्क हुन अनुरोध गर्दछु ।’

आपसी राजनीतिक प्रतिस्पर्धाले उत्पन्न हुने परिस्थति, निर्वाचन विरोधी गतिविधि गर्नेहरुको चुनौती लगायतको पहिचान पहिले नै गरिसकेका छौँ, उनले भने, ‘हामीले चुनाव हुनु दुई तीन महिना अघिबाटै सुरक्षा चुनौतीको पहिचान गरिसकेका हुन्छौँ । त्यसैको आधारमा हामीले सुरक्षा योजना बनाउने हो ।’

उनले सुरक्षा योजना एकैनासको नहुने पनि बताएका छन् । उनले भने, ‘यो एक पटक बनेपछि भइहाल्यो भन्ने हुँदैन । एकै नासको पनि हुँदैन । परिस्थति र भूगोल अनुसार फरक–फरक हुनसक्छ ।’ सुरक्षा थ्रेट पहिचान र मूल्याङ्कनको आफ्नै विधि छ । जसमा सुरक्षा व्यवस्थासँग जोडिएका हामी सबैको सेकेन्ड–सकेन्डको समन्वय छ ।

घटना घटिसकेपछि मात्रै तपाईहरु थाहा पाउनु हुँदो रहेछ ? जवाफमा उनले भने, ‘सुरक्षाको कुरा बाहिर कसैले भनेको जस्तो हुँदैन । पहिलेनै पूर्व तयारी गर्दा र पूर्वानुमान गर्दा गर्दै पनि घटनाक्रम घट्न सक्छन् । त्यसको परिस्थिति अनुसार सुरक्षा रणनीति बन्ने हो । यसको एउटै तरिकाले काम नगर्न सक्छ ।’

यद्यपि, प्रहरीका पूर्वअधिकारीहरु भने सुरक्षा चुनौती पहिले नै विश्लेषण गरेर शंकास्पदहरुलाई पहिले नै पक्राउ गरेर राखिसक्नु पर्ने बताउँछन् । सुरक्षा गोष्ठीहरु पहिले नै भइसक्नु पर्ने उनीहरुको तर्क छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ