arrow

एमालेका कारण गुल्मीको परिर्वतन हुन सकेन : श्रेष्ठ

logo
सुर्य खनाल,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
dhurkot.jpg

गुल्मी । एमालेका कारण गुल्मीको परिर्वतन हुन नसकेको  नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताएका छन् । नेपाली काँग्रेस गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को चुनावी सभामा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।

 कार्यक्रममा रउनले  भ्रमको राजनिति गर्ने , विकासका ढ्वाङ्ग फुक्ने तर बास्तविकतामा जनताले उपचारका लागी औषधि नपाउने , अन्धकार मा बस्नु प्रर्ने, मोटर बाटोको बीजोक बनाउने , खानेपानीको ब्यावस्था गर्न नसक्ने प्रतेक पटकको चुनाबमा बिजुली वाल्छु भन्न नछोड्ने तर यो क्षेत्रलाई अन्धकार बाट मुक्ति दिलाउन नसक्ने , अरुले गरेका कामलाई मैले गरेको भन्ने जस्ता कारण ने.क.पा. एमालेले सो क्षेत्रको विकासमा बाधा पुर्याएको बताए ।

  उनले  विकास चाहने हो भने  मात्र एक पटक नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह  गरे। नेपाली काँग्रेसले नेतृत्वको जिम्मा नपाउदा नपाउदै पनि थुप्रै जनताको आवश्यकता पुर्ति हुने काम गरेको उनले बताए ।

 उनले  जनताको गरिबीमा रमाउन खोज्ने , खाली विकासको आश्वसन  दिएर मत लुट्ने अनि जनताको माग पुरा नगर्ने ने.क.पा. एमालेको पवृतिका कारण यस क्षेत्रको विकास हुन नसकेको दावी गरे । उक्त कार्यक्रममा नेकपा एमाले र माओवादी बाट १७ जना नेपाली काँग्रेसमा प्रवेस गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ